शम्भु चौधरी लहान २३ भदौ । सुरुंगा नगरपालिका वडा ११ स्थित रहेका रामपुर् पुरानो दहलाई पर्यटकीय क्षेत्र बनाउनमा नगरपालिकाले आनाकानी गरी रहेको स्थानियहरु बताउछन ।
२ सय ५० बर्ष पुरानो दह करीब ७ बिगहा क्षेत्रफलमा फैलिएको छ । यसबाट सयौं बिगहा जमिन सिंचाई भईरहेकोछ । यस्ता पौराणिक दहलाई संरक्षण सम्बर्धनको लागी नगर पालिकाले कुनै चासो नलिएको स्थानिय महेन्द्र प्रसाद चौधरीको आरोप रहेको छ ।
यता रामपुर गाउँका युवा, समाजसेवी, राजनितिकर्मीहरुले उत्त ठाउँलाई पर्यटकीय ठाउँ बनाउनमा जोड दिएकाछन ।
नगरपालिकाले वर्षेनी दहलाई ठेक्का लगाई लाखौ रकम असुलिरहेको छ । दहलाई ठेक्का पटटा लगाई रकम असुल गरी लगीरहेको र यस ठाउँलाई कुनै किसिमको वास्ता नगरेको स्थानियहरुले आरोप लगाएका छन ।
विगतका बर्षहरुमा चुरे भावर बाट १९ लाख र २० लाख (दुई पटक ) गरी जम्मा ३९ लाख रकम ल्याई दहको डिल निमार्ण र डयाम निमार्णको कार्य सम्पन्न भएको राजनितिकर्मी जितेन्द्र प्रसाद चौधरी बताए । बाहिरबाट रकम आउने तर नगरपालिले यसमा रकम नदिने यो कस्तो बिडम्बना हो । यसमा जनप्रतिनिधिहरुको नियतमा नै खोट रहेको आरोप लगाएका छन ।
२ बिगहा ९ कठठा साढे चौध धुर जग्गा कुनै व्यक्तिले आफनो नाउँमा नामसारी गराई लिएका छन । यो पुरानो कुरा हो तर अहिले त्यसको विषयलाई लिएर अहिले सर्वोचका मुद्दा पनि चलिरहेको स्थानिय महेन्द्र प्राद चौधरी बताए ।
अहिले सम्म नगरपालिकाले आज हुन्छ भोलि हुन्छ मात्र आसवासन दिएका छन गर्न चाहि केहि पनि गरेको छैन स्थानिय सुरतलाल चौधरी बताउछन ।
आफनो गाउँ आफनो ठाउँलाई राम्रो बनाउन कसलाई मन र्छैन र तर स्थानिय तह गठन भएको करीब ८ वर्ष हुन लाग्यो नगरपालिका र वाड कार्यालयबाट एक सुको पनि यसमा लगाएको छैन स्थानिय काशीलाल चौधरी र सुकदेव चौधरीको आरोप रहेको छ ।