प्रदेश २ · समाचार

सामुदायिक अंकपत्र समिक्षा गोष्ठि सम्पन्न

शम्भु चौधरी लहान, २२ भदौ । न्यायमा पहुच सबलिकरण कार्यक्रम अन्तरगत सामुदायिक अंकपत्र समिक्षा गोष्ठि बिहिबार सम्पन्न भएको छ ।
धनगढीमाई नगरपालिका भित्र रहेको द्धन्द पिडितहरुको सवाललाई निरन्तर रुपमा बुलन्द पार्ने उद्देश्ले संचालित कार्यक्रममा द्धन्द पिडितको लागी हाल सम्म के कस्ता किसिमका कार्यहरु भईरहेको छ त्यस विषयमा चर्चा परिचार्च भएको थियो । द्धन्द पिडितको शिक्ष,स्वास्थ्य, रोजगारी तथा वहाँहरुको न्यायमा कसरी पहुच हुन्छ त्यस विषयमा गहन छलफल भएको कार्यक्रमका समाजिक परिचालक जनक परियारले बताए ।

वर्तमान अवस्थाको वस्तु स्थित मुल्यांकन गर्न सहजता हुने । कार्य सम्पादनको स्तर मापन गर्न सकिने जसले भविष्यमा स्रोत बाँडफाड र प्रक्षेपनमा सहयोग पुग्ने जस्ता विशेषता र ५ जनाले उपचार खर्च रु ५ हजारको दरले पाएको छ, १० जना विपन्न परिवारले आय मुलक कामका लागी तालिम पाएको जस्ता उपलब्धि भएको कार्यक्रम संयोजक रामकृपाल साहले बताए ।
नगर प्रमुख शिवशंकर महतोको प्रमुख अतिथि र उपप्रमुख संगिता कुमारी चौधरीको विशिष्ट अतिथिमा भएको कार्यक्रममा उपप्रमुख चौधरीका अनुसार द्धन्द पिडितको सवालमा हामी सदैव सोचनिय भएको छौ । कार्यक्रम अनुसारको नगरपालिकाबाट हामी सदैव सहयोग गर्ने नै छौ भने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका उपस्थित वडा अध्यक्षहरुबाट द्धन्द पिडितको सबाललाई नगर परिषदबाट नै पारित गराई कार्यान्वयनमा जानु पर्ने बताएका छन ।

ईन्टरनेशनल अलर्टको आर्थिक सहयोग र समग्र जनयत्थान केन्द्र लहानको आयोजनामा संचालिन कार्यक्रमको अध्यक्षता न्यायका लागी नागरिक संजालका धनगढीका संयोजक गंगाराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।