शम्भु चौधरी लहान, १२ भदौ । लहान नगरपालिका २३ का तिलैयबोना गाउँ बलान खोलाको चपेटा परि पुरै गाउँ नै उठिबास हुने अवस्थामा आएको देखिन्छ । प्रत्येक वर्ष बलान खोलामा आएको बाढीले जमिन कटान गरेर गाउँ सम्म पुुगी सकेको स्थानिय युवा बवी कुमार यादवले बताए ।
प्रत्येक साल बर्षाको समयमा लगभग दश बिगहा भन्दा बडी जमिन कटान गरिरहेको र यस वर्ष पनि करीब दश विगहा जमिन कटान गरि सकेको छ । अहिले मुख्य रुपमा आउने बर्षाको सिजन छदैछ । अब कुनै किसमको रोकथाम गरिएन भने यो गाउँ उठिबास हुने पक्का हो स्थानिय यादवले बताए ।
प्रदेश सरकारको एक करोड ४५ लाख र नगरपालिको ५० लाख बजेट लगाए ता पनि रोकथाम हुन सकिएन , बालुवा पानि हाले जस्तो भएको छ ।
यहाँ नेताहरु आउछन नआउने होईन शिलान्याश गर्छ बाँसका भाटा गाड छन सेल्फी तानेर जान्छ म यो गर्छु त्यो गर्छृू भन्छन तर कसैले केही गर्देन अर्का स्थानिय युवा पवन कुमार सहनी बताए ।
अब गाउँलाई बचाउन सबै युवा तथा राजनितिकर्मी लागनुपर्ने देखिन्छ ।
