• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चैते धान बिक्री नहुदा किसान चिन्तामा

नेपाल पोस्ट दैनिक
    June 11, 2024  मा प्रकाशित

Spread the love
      

झापा, २९ जेठ । चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए ।

“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उनले भने, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उनले बताए । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । उनले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिए ।

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गरे । “सुरुसुरुमा रु एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन रु नौ सय भएको छ”, उनले भने । एक बिघाको धान काटेर थुपारेका उनले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताए। एक साताभित्र धानको मूल्य प्रतिमन रु तीन सयले घटेको उनको भनाइ छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।

“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, किसान मिश्रले गुनासो गरे “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”

नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको मिश्र बताउछन्। गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेका थियो ।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि काम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन् । Rato Pati

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑