छुटपुट · समाचार

सुरक्षित आवास परियोजना सम्बन्धि स्थानिय स्तरमा जानकारी गोष्ठी सम्पन्न

शम्भु चौधरी सिरहा २५ बैशाख । सुरक्षित आवास परियोजना सम्बन्धि स्थानिय स्तरमा जानकारी गोष्ठी लहानमा मंगलबार सम्पन्न भएको छ ।
हाम्रै बारीझारीमा वा घरको वरिपरि रहेको बाँसको सहि उपयोग कसरी गर्ने उद्धेश्यले सो गोष्ठि संचालन भएको थियो । अहिले सिरहा सप्तरी लगायत देशका अधिकाश ठाँउमा बाँसका आकर्षक घरहरु धमाधम निर्माण भईरहेको कार्यक्रम बिच जानकारी दिएका छन ।
भवानी एकिकृत विकास केन्द्रले सिरहाको कर्जन्हा र लहान गरी दुई नगरपालिकामा कार्य गरि रहेको भवानी एकिकृत विकास केन्दका कार्यकारी निर्देशक सुजित कुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार लहान नगरपालिका १५ मा ३८ घर र १२ मा १२ घर निर्माण भई सकेको छ साथै वडा १३,२० र २१ मा अब ६० घर निर्माण हुने क्रममा रहेको बताए ।
गोष्ठिीका प्रमुख अतिथि लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नु भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार गत वर्ष वडा नं १५ र १२ गरी जम्मा ५० घर निर्माण भईसकेको र यस वर्ष पनि ६० जना मुसहर समुदायको लागी सुरक्षित घर निर्माण गर्ने बताए । चौधरीले थप्दै भने दलित तथा गरिब परिवारलाई लहान नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष रुपले ध्यान दिने समेत बाताए । साथै अगामी दिनमा पुरै नगरपालिकामा यस्ता सुरक्षिता आवासको घर निर्माण गर्ने प्रतिबद्धता गरे ।
ह्याविटयाट नेपालका कर्मचारी रामसुन्दर यादवका अनुसार यो कुनै उपभोक्ताद्धारा घर निर्माण हुदैन जसले घर उपयोग गर्छ त्यो नै यसको उपभोक्ता रहने बताए ता यसमा कुनै किसिमको कमसल समानको प्रयोग नहोस भनेर ।
कार्यक्रममा वडा १३,२० र २१ गरी जम्मा ५४ जनाको सहभागी रहेको केन्द्रका कार्यक्रम सहसंयोजक ज्ञानदिप चौधरीले बताए । कार्यक्रममा वडा २२ का वडा अध्यक्ष श्याम अधिकारी १३ का मनोज कोईराला वडा सदस्य मनोज साह लगायतका व्यतिहरु सहभागी थिए ।
भवानी एकिकृत विकास केन्द्रको आयोजनामा संचालित कार्यक्रमको अध्यक्षता केन्द्रका अनुगमन तथा मुल्यांकन समितिका संयोजक रामअशिष रायको अध्यक्षतामा भएको थियो ।