लहान सिटी जेसीजको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय लहानको सहजीकरनमा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान प्यारागन पब्लिक स्कुलमा सम्पन्न भएको छ। भने सोही विधालयमा लहान सिटी जेसीजकै आयोजना र इलाका प्रहरी कार्यालय लहानको सहजीकरणमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय लहानले ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि विषयमा प्रशिक्षण गर्नुभएको थियो भने साइबर अपराध तथा लागूऔषध सम्बन्धि बिषयमा इलाका प्रहरी कार्यालय लहानको डी एस पी श्री भोला कुमार भट्टले प्रशिक्षण गर्नुभएको थियो।
लहान सिटी जेसीजको बोर्ड पदाधिकारी, विद्यालयको सम्पूर्ण शिक्षक तथा कर्मचारी लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा लहान सिटी जेसीज वर्ष २०२४ को अधक्ष्य जेसी उमेश कुमार यादव ले विद्यालयको सन्साथापक उमेश चौधरीले डी एस पी श्री भोला कुमार भट्ट र ट्राफिक प्रहरी लाई अध्यक्षीय गम्छा ओढाई सम्मान पत्र प्रदान गरी कार्यक्रमको समापन गर्नु भएको थियो।