मुख्य समाचार · समाचार

सरकारी जागिर,श्रीमती र दुई छोरा छाडेर अबोध बच्चाको आमा प्रेमिका संग फरार

महेश सिंह सिरहा लहान २१ माघ – दश बर्ष अगाडी लखौ दाईजो लिएर मागी बिहे गरेको सप्तरीको बोदेबरसाईन नगरपालिका २” नेगडाका कृष्ण देव गोइतले धनुषाको कमला नगरपालिका २ लगमा की रुबि कुमारी यादव संग २०७९ बैशाख २४ गते मागी बिवाह गरेका सप्तरीका कृष्ण गोइतले श्रीमती र दुई छोरा छाडेर अर्काको श्रीमती साईनोमा बहिनी र माईजु पर्ने बोदेसरसाईन बैरियाको प्रीती यादवलाई प्रेम सम्बन्ध बनाएर पुष १३ गते लहानबाट फरार भएका छन्।


प्रेमको जालमा फसेका गोईत श्रीमती र दुई छोरा छाडेर फरार भएका छन्।कमाएर खुवाउने श्रीमानले अर्काको श्रीमतीलिएर भागेपछि श्रीमती र दुई छोरालाई बिचल्ली भएका छन्।बुबाको माया बसेका कान्छो छोरा बुवा आउछन् भने सपनामा हैन बिपनामा र घर अगाडी बुवालाई कुर्ने गरेका छन्।बुवा नआउँदा रुदै आमासंग सोधन आउने गरेका छन्।
परको श्रीमती संग यौन सम्पर्कमा पल्किएका गोईत आफ्नो यौन इच्छा मेटाउन पटकपटक बाहिरी केटीहरुलाई फेसबुक संजालमा कुरा गर्दा आफू अबिवाहित रहेको बन्दै केटी खेलाउदै हिन्ने गरेको पछिल्लो प्रमाणहरु सुरक्षित रहेको छ्।केटीमा पलकेका कृष्ण गोईत केटीकै कारण थुना र मुद्दा समेत खेपेका उनले केटीहरुसंग झुठो कुरा बोलेर फकाउने बानी कहिले हटेन्न। 


मागी बिवाहमा नगद ५ लाख बजाज पल्सर १५०  शिसी डेड तोला सुन,फर्निचर २ लाख जनकपुर उपमहानगरपालिका कृषि कदम चौकको हाल ५ लाखको धुर पर्ने १० धुर जग्गा कुम ल्याएर साईनोमा बहिनी र माइजू पर्ने छिमेकी गाउँको प्रीति यादवसंग फरार भई लुकिछिपी बस्ने गरेको र आफुबाट सम्पर्क बिहिन रहेको पीडित रुबि यादवले बताए।
कृष्णदेव गोईत आफनै गाउँको स्वास्थ चौकीको इन्चार्ज समेत रहेको उनलेे पटकपटक फरक फरक केटीहरुसंग यौन क्रिया गर्दै आएको उनको श्रीमती रुबि यादवले पत्रकारलाई बताए।श्रीमती र दुई छोराको बिचल्ली भएको छ्।केटालाई उनको परिवारले समेत साथ दिने गरेको रुबि यादवले आरोप लगाएकी छिन्।


उनलाई कानुनी उपचार गराएर आफू छोरा लिएर छुटीएर बस्ने र छोरालाई पढाई लेखाई गराउने आफू जे  दुख सुख गरे जीवन जिउने बताए। दाईजो वाप्त लिएको पैसा र जग्गा सुन सम्पुर्ण सम्मान फिर्ताको माग गरेका छन्।