महेश सिंह जनकपुर- बितिय शोषणको विरुद्धमा लघुबित संस्था विरुद्धको संघर्ष समिति नेपालले मधेस प्रदेशका ८ वटै जिल्लाका लघुबित पीडितहरुले बितिय शोषण विरुद्धमा प्रदर्शन गरेका छन्।
मधेस प्रदेशलाई केन्द्रिय गरी राष्ट्र बैंक घेराउ तथा शक्ति प्रदर्शन गरेका छन्।मधेस प्रदेशका समयोजक अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली वार्ताटोलि संयोजक रमेश तमाङ्ग रहनु भएको आयोजक संस्थाले जनाए।
राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेल प्रदेश इन्चार्ज युवराज रसाइली सिरहा अध्यक्ष अर्जुन बिश्वकर्मा,सप्तरी अध्यक्ष अनिता चौधरी,धनुषा अध्यक्ष मन्दिरा लामा,मोहोतरी अध्यक्ष सिलम यादव, सप्तरी उपाध्यक्ष उमेश भगत मोहम्मद गुलजार मियाँ रुपा चौधरी सप्तरी जिल्ला सचिब लगायतका अध्यक्ष र अभियनताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
फल्गुण ५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका हुन्।संघर्ष समितिले विभिन्न प्रदेशमा नेपाल राष्ट्र बैंक घेराउ र शक्ति प्रदर्शनको कार्यक्रम सम्पन्न गर्दै पुनः काठमाडौं केन्द्रित हुने जनाए।