• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अहिलेसम्म १४१ पुग्यो भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या

नेपाल पोस्ट दैनिक
    December 20, 2023  मा प्रकाशित

Spread the love
      

काठमाडौं ४ पुस । भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ ।

जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्वित भएका थिए ।

भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।

अहिले लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् ।

१३ डिसेम्बरमा दर्शकदीर्घामा बसेका दुई व्यक्ति संसद हलमा प्रवेश गरी पहेंलो रंगको धुलो उडाएर बैठक प्रभावित पारेका थिए । उनीहरुलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यो मामिलामा अन्य थप चार जनालाई पनि पक्राउ परेका छन् ।

त्यसको भोलिपल्ट अर्थात १४ डिसेम्बरमा संसदको सुरक्षामा लापरवाही भएको भन्दै बैठक अवरोध गर्न खोजेका थिए । त्यसपछि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसद निलम्बित भएका थिए ।

हाल विपक्षका कुल ४३ सांसदहरु मात्र बाँकी छन् । त्यसमा कांग्रेसका राहुल गान्धीसहित नौ सांसद मात्र छन् ।

अहिले निलम्बनमा परेकाहरुमध्ये महुआ माजी जस्ता नयाँ सांसददेखि लिएर मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता दिग्गज सांसदहरु पनि छन् ।

अहिले केही महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुने मोदी सरकार तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दलबाट चर्को विरोध भइरहेको छ ।

यसबीचमा भारतमा विपक्षी दलहरुको समूह ‘इण्डिया एलाइन्स’को बैठकसमेत बसेको छ । बैठकपछि कांग्रेस प्रमुख मल्लिकार्जुन खड्गेले यो लोकतन्त्रप्रति खतरा भएको भन्दै भनेका छन्, ‘हामी लड्नेछौं, मैदानमा उत्रने छौं ।’ Form OK

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑