• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ग्राभेल उत्खनन गर्ने तीन स्काभेटर जिससको नियन्त्रणमा

नेपाल पोस्ट दैनिक
    March 13, 2023  मा प्रकाशित

Spread the love
      

सिरहा २९ फागुन। जिल्ला समन्वय समिति सिरहाले अवैध रुपमा ग्राभेल उत्खन गरिरहेको अवस्थामा तीनबाट स्काभेर नियन्त्रणमा लिएको छ। ग्राभेल उत्खनन भईरहेको भन्ने सुचनाको आधारमा समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको नेतेत्वमा आएको टोलिले गोलबजार नगरपालिका ९ डण्डा र नगरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको हो।

अनुगमनको लागि जिल्लाबाट आएको भन्ने जानकारी पाएपछि उत्खनन क्षेत्रबाट टिफरहरु भगाएको थियो। चेनभएको स्काभेटर रहेकाले टोडेर भागेको हुन सकेको अनुमान गरिएको छ। समन्वय समितिका प्रमुख महतोले तीनवटै स्काभेर जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउन प्रहरीलाई आग्रह गरेको जनाए।

समन्वय समिति प्रमुख महतोले नियन्त्रणमा लिएको स्काभेरहरुलाई कानुन वमोजिक कार्वाही गरिने बताए। नलेभने, ‘विकास निर्माणको लागि ग्राभेल चाहिन्छ। तर, प्रकृया पुरा गरेरमात्र उत्खनन गर्नुपर्यो। प्रकृया पुरा नभएको भए त्यसै अनुसार जरीवाना र कार्वाही हुन्छ।’

अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार लामा, समन्वय अधिकारी दोपती कुमारी यादव, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि सहित सशस्त्र तथा जनपथ प्रहरी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।
खानी दर्ता, सञ्चालन तथा नियमन गर्ने प्रमुजिम्मा स्थानीय तहको भएपनि स्थानिय तह मौन देखिन्छ। उत्खनन गर्नेहरुसँगको अवैध साँठगाठका कारण स्थानीय तहको प्रतिनिधीहरु मौन बसेको स्थानीयको आरोप छ।

पछिल्लो एक महिनादेखि नरहा गाउँ पालिका ३ र गोलबजार नगरपालिका ९ बाट ग्राभेल उत्खनन गरिरहेको भएपनि जनप्रतिनिधी र प्रहरी प्रशासनको मौनताले उनीहरुको मिलेमत्तो रहेको स्थानीय बताउँछन्। नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘दैनिक सायौं ट्रक नयाँ चोक चोहर्वा हुँदै ग्रोभल ओसारीरहेको हुन्छ। स्थानीय जनप्रतिनीधि र प्रहरी प्रशासन देखेको नदेख्यै गरेर हिडिरहेको छ।’

नरहा गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवले आजसम्म आफ्नो पालिकामा ग्राभेल खानी दर्ता नरहेको बताए। उनले भने, ‘हाम्रो गाउँ पालिकामा अहिलेसम्म एउटापनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भईरहेको भन्ने जानकारी पनि छैन।’

अध्यक्ष यादवले नरहा ३ सँग गोलबजार नगरपालिका ९ पनि जोडिएको छ। त्यतै उत्खनन भएईरहेको भन्ने सुनेको छु, त्यही हुन सक्ने बताए। अध्यक्ष यादवलाई आफ्नै पालिकाबाट दैनिक सयौं टिफर हिडेको जानकारी भने तपाईलाई होला नी ? भन्दा उनले आफ्नो पालिकामा त्यस्तो उत्खनन भएको जानकारी आफूलाई नरहेको बताए।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्यालले पनि आफ्नो पालिका यस वर्ष ग्राभेल उत्खननको लागि कसैले अनुमति नलिएको जनाए। उनले भने, ‘कुनै व्यक्ति वा संस्था कसैले पनि यो वर्ष ग्राभेल, वालुवा वा माटो उत्खननको अनुति लिएको मलाई जानकारी छैन।’

यस विषयमा बुझ्न गोलबजार नगरपालिकाका प्रमुख श्याय कुमार श्रेष्ठसँग फोनसम्पर्क गर्दा उनको फोन उठेन।

गोलबजार ९ मा पनि अवैधरुपमा ग्राभेल खानी सञ्चालन भईरहेको छ। वनक्षेत्र देखि मुस्कीलले २५ मिटरको दुरीबाट उत्खननगरी बनक्षेत्रको बाटो प्रयोग गर्दा समेत वन अधिकारीहरु समेत मौन देखिन्छ। स्थानीय जनप्रतिनिधीको मिलेमत्तोमै खानी सञ्चालन भईरहको स्थानीयको आरोप छ। यहाँबाट निस्केको ग्राभेल नगरक्षेत्रकै विकास निर्माणको काममा प्रयोग हुने गरेको प्रत्यक्षदर्शिहरुले बताए। ग्राभेल उत्खनन गर्ने वरपरका रुखहरु समेत काट्ने गरेको छ।

कहिले काहि उत्खनन भईरहेको भन्ने सुचना आउँदा प्रहरीलाई खवर गर्ने गरेको भन्दै पन्छिए। नरहा गाउँ पालिकामा नेपाली सेनाको २७ नम्वर वाहिनी, वनक्षेत्र र विद्यालयको ३ सय मिटरको दुरीमा स्काभेटर प्रयोग गरेर उत्ननन भईरहेको छ।

नगरहा गाउँ पालिक र गोलबजार नगरपालिकामा आजको मितिसम्म कुनैपनि खानी दर्ता भएको छैन। खानी दर्ता नभएपनि जनप्रतिनधी र प्रहरी प्रशासनलाई प्रभावमा पारेर उत्खनन हुने गरेको स्थानीयहरु बताउँछन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑