सम्वादाता फाल्गुन १५ । सिरहाको धनगढीमाई १२ ठटीया स्थित सर्रे खोलाको नेपाल सरकारको उप – प्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायत मन्त्री नारायण काजी श्रेष्ठ (प्रकाश ) ज्यूले स्थालगत अबलोकन गर्नु भएको छ ।
स्थानिय खोलामा पुल नहुँदा वर्षाको समयमा आवत जावतमा कठिनाई र सास्ती भोग्दै आएका स्थानिय खोलामा मन्त्री स्थरबाट पहिलो पटक स्थलगत अबलोकन गरिएकाे हो ।
वर्षाको समयमा खोलामा नियमित बाढी आउँदा आवत जावतमा कठिनाई मात्र नभएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा खोलामा पुलको माग उठीरहेको बेलामा मन्त्री स्तरबाट पुलको लागि निरीक्षण गरिनु सकारात्मक विषय भएको स्थानियले वताएका छन ।
आज बिहान करिब ७ बजेर २३ मिनेटमा उप प्रधान मन्त्री खोलामा आउने बुझिए पछि खोला किनारमा पूर्व मेयर हरिनारायण चौधरी , वर्तमान मेयर शिव शंकर महतो, स्थानिय जनप्रतिनिधिहरु प्रकाश योञ्जन, सूर्यमान तामाङ्ग , वीरेन्द्र शाह, ओम यादब, सरोज महतो, सूर्यनारायण यादब, जय प्रकाश ठाकुर, लगाएत स्थानिय समाजसेवि हरुको उलेखनिय उपस्थितीका बीच मन्त्री ज्यूले अबलोकन गर्नु भएको हो ।
सरे खोलाको किनारमा उत्तर तिर फर्किरहेका बेलामा पूर्व मेयर र वर्तमान मेयर ज्यूहरुले स्थानिय आवस्यकताको बारेमा स्थलगत अवलोकनमा रहेका मन्त्री ज्यूलाई जानकारी गराउनु भएको थियो ।
अवलोकनमा पुगेका मन्त्री ज्यूसँग मन्त्रालयका सचीव, डिजी लगायतका उच्च पदस्थ अधिकारीहरुको टोलीले धनगढीमाई १२ स्थित सर्रेखोलाको ठटीया सिमलटोकी जोडने पुल बनाउन स्थलगत अनुगमन स्थलमा पुग्दा जनप्रतीनिधिद्वारा सबैलाई भव्य स्वागत समेत गरिएको थियो ।
करिब १७ मिनेट सम्म अवलोकनमा रहेका अधिकारीहरुले पुलको सम्पूर्ण खाका कोरेर निर्माण प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भएको छ ।