शम्भु चौधरी लहान ४ फाल्गुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको आयोजनामा एक दिवसीय चालक परिचालकहरुको स्वास्थ्य परिक्षण र सवारी साधनहरुको यान्त्रिक चेक जाँच सहित दुर्घटना तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिका नगरप्रमुख महेश चौधरीका अनुसार यहिलेका युवा पिढिले चलाएको स्पीडका कारण बढी मात्रामा दुर्घटना घटने बताए । कुन सडकमा कति गतिमा सवारी साधन चलाउने त्यो मापन गर्नु पर्ने देखिन्छ साथै तिब्रगतिमा चलाएको चलकलाई जरीवानाको व्यवस्था समेत गर्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा मधेश प्रदेशका ट्राफिक प्रमुख सन्तोष भटटराईका अनुसार मधेश प्रदेशमा बर्षेनी ६ सय को हराहारीमा सडक दुर्घटनाबाट मृत्यु भईरहेको बताए । दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले मात्रै हुदैन यसमा सबैको जिम्मेवारी उतिनै हुन्छ । हामी आफै सरल र सहज तरीकाबाट सवारी साधन चलाऔ भने दुर्घटना न्युनिकरण अवश्य नै हुने वहाँले बताए ।
कार्यक्रम बिच करीब ५ सयको हराहारीमा सवारी चालकहरुलाई स्वास्थ्य जाँच,आँखा जाँच र गाडीको समेत जाँच भएको सिरहाका ट्राफिक प्रहरी ईन्पेक्टर टुपेन्द्र श्रेष्ठले बताए । यस्ता कार्यक्रम महिनामा करीब एक पल्ट भई दिए सवारी चालकहरुको लागी राम्रै हुने एक चालक रामभजन महतोले बताए ।
ट्राफिक निनयम मिचेमा गर्व नगर्नुहोस दुर्घटनाको पिडा ट्राफिक प्रहरीलाई होईन तपाई र तपाईको परिवारलाई हुनेछ भने मुल नाराका साथ संचालित कार्यक्रमको अध्यक्षता लहान नगरपालिका ६ का वडा अध्याक्ष रमेश गौतमले गरेको थियो ।