• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

फर्जी नियुक्त लिएर आएका कर्मचारीलाई विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

नेपाल पोस्ट दैनिक
    February 9, 2023  मा प्रकाशित

Spread the love

सिरहा २६ माघ। गैरकानूनी रुपमा फर्जी नियुक्त लिएर आएका कर्मचारीलाई पालिकामा महत्वपूर्ण जिम्मेवारीदिएको भन्दै विद्यार्थी संगठनहरुले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। गोलबजार नगरपालिकाको जिन्सी शाखामा कार्यरत कर्मचारी अमलेश कुमार सिंहको नियुक्ती प्रकृयाका सम्पूर्ण कागजात जाँच गर्न माँग गर्दै नगरपालिकामा ज्ञापतपत्र बुझाएको हो।

यस अघि रामेछाप जिल्लामा दैनिक ज्यालादारीमा काम गरिरहेका र कानुन विपरीत आर्थिक प्रलोभन दिएर मुलाहिजाको भरमा त्यहाँबाट समायोजन गराएर यसै नगरपालिकाको वडा नम्वर ८ मा पदस्थापन गराइएको भन्दै निज सिंहको नियुक्ती प्रकृयाका सम्पूर्ण कागजात जाँच गर्न माग गरिएको छ। एमाले पार्टीको कट्टर समर्थक र कार्यकर्ता भएकै नाताले अमलेश कुमार सिंहलाई जिन्सी शाखा जस्तो महत्वपूर्ण शाखा र पदमा कार्यरत गराइएको पनि आरोप लगाइएको छ।

‘सूचनाको हक अनुसार सिंहको नियुक्ती, सरुवा, गोलबजारमा पदस्थापन गर्ने वैधानिक निर्णय र ती प्रकृयाहरुको कानूनी वैधतासमेत जाँच गर्न तथा कानूनी औचित्य पुष्टि हुने आधार प्रस्तुत नगरिए गैर कानुनी नियुक्ती विरुद्ध हामी चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने छौं; ज्ञापन पत्रमा भनिएको छ।

त्यसैगरी, गोलबजार नगरपालिकाले कर्मचारीहरु निष्काषण गरेपछि त्यस निर्णय विरुद्ध पुनरावेदन अदालत राजविराजमा मुद्दा छिनोफानो नहुँदै आफन्त र पार्टी कार्यकर्ता भएको भरमा विधि र कानून मिचेर मौखिक आदेशका भरमा दर्जनौ एमाले कार्यकर्ताहरुलाई काममा लगाएको दावी गरिएको छ। कामदारहरुलाई पछि हाजिर गराएर ज्यालादारीमा तलव खुवाउने आस्वासन प्रदान गरिएको ज्ञापन पत्रमा आरोप लगाइएको छ।

मुद्दा फैसला नहुँदै प्रतिस्पर्धा नगराई पार्टीका कार्यकर्तालाई भर्ना गर्नु गैर कानूनी कार्य हो भन्दै ज्ञापन पत्रमा विरोध जनाइएको छ। काम लगाइएका व्यक्तिहरुलाई ८ महिनादेखि काम लगाइएको तर हाजिर नगराइएको र तलव पनि नखुवाएको भन्दै ज्ञापन पत्रमा मानव अधिकारको हनन् भएको दावी गरिएको छ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष सुरेश कुमार यादव, प्रमोद कुमार यादव, व्रम्वदेशव यादव, ज्ञानेन्द्र यादव, सञ्जय यादव, अमित साह, भागवत साह र रियाज खानले हस्तार गरेको ज्ञापनपत्र बुझाएको छ।

ज्ञापन पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसनधान आयोग बर्दिवास, मुख्यमन्त्रीको कार्यालय जनकपुरधाम र जिल्ला प्रशासन कार्यालय सिरहालाई दिइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
  • लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑