सिरहा २४ माघ। लाइफलंग हेल्थ केयर हस्पिटलले पहिलो बर्ष पुरा गरेर दोस्रो वर्षामा प्रवेश गरेको छ। रक्तदान जिवनदान भन्दै लाइफलंग हेल्थ केयर हस्पिटलले, पहिलो वार्षिक उत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए।
रक्तदान क्रायक्रममा २४ जना पुरुष १ जना महिला गरि जम्मा २५ जनाले रक्तदान गरेका छ्न ।
हस्पिटलको आज एक बर्ष पुरा भयो, एक बर्षमा धेरै बिरामीहरु चोट-पटक लागेर हस्पिटलमा आउने गरेको लाइफलंग हेल्थ केयरका संचालक डा.अजय जैसवालले बताए।
जैसवालले भने, त्यतिबेला रगतको कमि भएर रगत नपाएर बिरामी ज्यान गुमाउनु पर्ने क्रिटिकल अबस्था हुन्थ्यो त्यसकारण, हस्पिटलको पहिलो वार्षिक उत्सवमा रक्तदान कार्यक्रमनै गर्नु उचित हुने संचालक जैसवालले बताए।