लहान १ माघ। आदिवासी जनजातिको सूचीमा सूचीकृत धानुक सेवा समाज सिराहा कागजमा सीमित भएको छ । सरकारले कतिपय अवस्थामा यस जातिलाई दिएको बजेट यस जातिका धनी व्यक्तिहरूले मात्र प्रयोग गर्ने गरेको पाईएको छ ।
कागज आफैं सँग राखेर यसका अध्यक्ष लगायतका पदाधिकारीहरुले आम धानुक सँग विगत लामो समयदेखि खेलवाड गर्दै आएको अवस्था रहेको पाइन्छ । जातीय संगठनका रूपमा स्थापित सिराहा स्थित यस जातिको सम्पति बाला भनाउदा मुठीभरका व्यक्तिहरूका कारण धानुक सेवा समाज यतिबेला ओझेलमा परेको छ ।
ठूला ठूला पदमा आफैलाई राखिराख्नका लागि आफ्ना नातेदार पदमा राख्न पल्केका यसका महामहिमहरुले हालसम्म धानुक् को नाममा आएको बजेट आफैं खाने गरेको अवस्था रहेको हुनाले संबंधित निकायले तत्काल यसका सबै पदहरू खारेज गर्नुपर्ने आवश्यकता महसूस गरीएको छ ।