लहान २३ पुस । सिरहाको लहान नगरपालिका ३ अस्पताल चौक स्थित बिगत लामो समय देखि संचालनमा रहेको एल.आर.एल प्याथाेलाेजी ल्याव द्वारा सबै किसिमको बिरामीहरुका लागी ल्याब शिविर संचालन गरिएको छ्।उक्त प्याथोलोजीले लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा स्थापित भएको संस्था हो। शिविरमा बिरामीहरुले जाच गराउन एका बिहानै देखि भिड लागेको छ।
शनिबारको शिविरमा करिब २५ सय बिरामी जाँच गर्ने एल.आर.एल.प्याथाेलाेजी ल्यावका संचालक बिजय कुमार यादवले बताए। शिविरमा सुगर रोग लगायत दर्जनौं बिरामीहरुको रगत जाँच गरिने छ । दक्ष अनुभवी स्वास्थ कर्मीहरुले आधुनिक मेसिनद्वारा बिश्वास्नियताको साथ जाँच गरिने आयोजकले बताए। शनिबार बिहान ५ बजे देखि सुरु भएको शिविर बेलुका करिब ५ बजेसम्म संचालनमा रहने बताए।
स्वर्गीय बैजनाथ यादवको स्मृतिमा एल.आर.एल.प्याथाेलाेजी ल्यावले भव्यशिविरको आयोजना गरिएको हो । लहानमा सबैभन्दा गुणस्तरीय र बिश्वासिलो जाँचले गर्दा उक्त ल्याबमा बिरामीहरुको भिड लागने गरेको छ ।