• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामुदायिक विद्यालयहरुमा चरम लापरवाही

नेपाल पोस्ट दैनिक
    December 31, 2022  मा प्रकाशित

Spread the love
      

सिरहा १६ पुस। दलित बिपन्न समुदायका बालबालिकाहरुले पढ्ने विद्यालयको रुपमा परिचित सिरहाको धेरैजसो आधारभुत विद्यालयहरुमा चरम बेथिति, अनियमिता र ढिलासुस्ती हुने गरेको पाइएको छ। धेरै जसोमा शिक्षक र विद्यार्थीको अनुपातमा तालमेल नमिल्दाँ भबिष्यका कर्णधार बालबालिकाहरुको भबिष्यमाथि खेडवाड भईरहेको अभिभावकहरु बताउँछन्।

कतिपय विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक छैन् भने कतिपयमा थोरै सङ्ख्यामा विद्यार्थी भएपनि धेरै सङ्ख्या देखाएर अनियमिता हुने गरेको छ। भएका विद्यार्थीहरुलाई पनि शिक्षकले राम्रोसँग पढाउने गरेको छैन्। यसको ताजा उदारहण बनेको छ सिरहाको गोलबजार नपा १ मुक्सारस्थित दलित आधारभुत विद्यालय। जहाँ विद्यार्थीहरुको हाजिरी रजिष्टरमा बाल विकासमा २९ जना, कक्षा १ मा २०, कक्षा २ मा २१ र कक्षा ३ मा १५ जना गरी जम्मा ८५ जनाको नामाङकन छ। तर विद्यालयले नगर शिक्षा शाखाबाट ९१ जना विद्यार्थीको पुस्तक, छात्रवृत्ति, दिवाखाजा बापतको सेवा सुविधा भएका छन् । तर, सो विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या भने मुस्किलले २५ जना हुन्छ । यहाँ पढ्नै सवै विद्यार्थी दलित समुदायका मात्र छन्।

सो विद्यालयका प्रधानाध्यापक निरोज यादव पनि हाजिरी गर्न मात्र विद्यालय जाने गरेको स्थानीय अभिभावकहरु बताउँछन्। हाजिरी गरिसकेपछि प्रअ यादव पनि विद्यालयको का भन्दा पनि व्यक्तिगत कामले विद्यालय बाहिरै रहन्छ। उनकी श्रीमती सोनम यादव बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता हुन् । उनीपनि विरलै विद्यालय आउँछन् । विद्यालयमा कार्यालय सहयोगी पनि स्थानीय माओवादी नेताका श्रीमती हुन्। उनले विहान विद्यालयको ताला खोलेपछि उनीपनि घरधन्दामै फर्कन्छन् । प्रअले आफैले पढाउन बोलाएका एकजना शिक्षकले आएका विद्यार्थीलाई पढाउँछन्।

सिरहाको सुखिपुर नगरपालिका ७ बलहीस्थित ४ कक्षा सम्म पढाई हुने आधारभुत विद्यालयको रजिष्टरमा पनि १२६ जना विद्यार्थीको नामाङ्कन छ । तर, विद्यालय समयमा त्यहाँ मुस्किलले १५ जना उपस्थिति देखिन्छ । यहाँ राहत शिक्षक एक, करार शिक्षक एक र बाल विकासका सहयोगी कार्यकर्ता एक सहित तीन जना छन् । उनीहरु तीनै जना एकै विद्यालयमा एउटै समयमा तीनैजना भेट हुँदैनन् । प्रधानाध्यापकको भूमिकामा रहनुभएको आनन्द सिंह विद्यालय हाजिर गर्नमात्र आउनु हुन्छ । उहाँ आफूले तलव सुविधा पाउने विद्यालय भन्दा भाईले चलाउको बोर्डिस्कूलमै बढी सयम भेटिने गरेको स्थानीय अभिभावकको गुनासो छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑