सिरहा १६ पुस। दलित बिपन्न समुदायका बालबालिकाहरुले पढ्ने विद्यालयको रुपमा परिचित सिरहाको धेरैजसो आधारभुत विद्यालयहरुमा चरम बेथिति, अनियमिता र ढिलासुस्ती हुने गरेको पाइएको छ। धेरै जसोमा शिक्षक र विद्यार्थीको अनुपातमा तालमेल नमिल्दाँ भबिष्यका कर्णधार बालबालिकाहरुको भबिष्यमाथि खेडवाड भईरहेको अभिभावकहरु बताउँछन्।
कतिपय विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक छैन् भने कतिपयमा थोरै सङ्ख्यामा विद्यार्थी भएपनि धेरै सङ्ख्या देखाएर अनियमिता हुने गरेको छ। भएका विद्यार्थीहरुलाई पनि शिक्षकले राम्रोसँग पढाउने गरेको छैन्। यसको ताजा उदारहण बनेको छ सिरहाको गोलबजार नपा १ मुक्सारस्थित दलित आधारभुत विद्यालय। जहाँ विद्यार्थीहरुको हाजिरी रजिष्टरमा बाल विकासमा २९ जना, कक्षा १ मा २०, कक्षा २ मा २१ र कक्षा ३ मा १५ जना गरी जम्मा ८५ जनाको नामाङकन छ। तर विद्यालयले नगर शिक्षा शाखाबाट ९१ जना विद्यार्थीको पुस्तक, छात्रवृत्ति, दिवाखाजा बापतको सेवा सुविधा भएका छन् । तर, सो विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या भने मुस्किलले २५ जना हुन्छ । यहाँ पढ्नै सवै विद्यार्थी दलित समुदायका मात्र छन्।
सो विद्यालयका प्रधानाध्यापक निरोज यादव पनि हाजिरी गर्न मात्र विद्यालय जाने गरेको स्थानीय अभिभावकहरु बताउँछन्। हाजिरी गरिसकेपछि प्रअ यादव पनि विद्यालयको का भन्दा पनि व्यक्तिगत कामले विद्यालय बाहिरै रहन्छ। उनकी श्रीमती सोनम यादव बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता हुन् । उनीपनि विरलै विद्यालय आउँछन् । विद्यालयमा कार्यालय सहयोगी पनि स्थानीय माओवादी नेताका श्रीमती हुन्। उनले विहान विद्यालयको ताला खोलेपछि उनीपनि घरधन्दामै फर्कन्छन् । प्रअले आफैले पढाउन बोलाएका एकजना शिक्षकले आएका विद्यार्थीलाई पढाउँछन्।
सिरहाको सुखिपुर नगरपालिका ७ बलहीस्थित ४ कक्षा सम्म पढाई हुने आधारभुत विद्यालयको रजिष्टरमा पनि १२६ जना विद्यार्थीको नामाङ्कन छ । तर, विद्यालय समयमा त्यहाँ मुस्किलले १५ जना उपस्थिति देखिन्छ । यहाँ राहत शिक्षक एक, करार शिक्षक एक र बाल विकासका सहयोगी कार्यकर्ता एक सहित तीन जना छन् । उनीहरु तीनै जना एकै विद्यालयमा एउटै समयमा तीनैजना भेट हुँदैनन् । प्रधानाध्यापकको भूमिकामा रहनुभएको आनन्द सिंह विद्यालय हाजिर गर्नमात्र आउनु हुन्छ । उहाँ आफूले तलव सुविधा पाउने विद्यालय भन्दा भाईले चलाउको बोर्डिस्कूलमै बढी सयम भेटिने गरेको स्थानीय अभिभावकको गुनासो छ।