शम्भु चौधरी लहान १२ पुुस । द्धन्द पिडित भएका घरपरिवारका वालवालिकाहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगार दिनु पर्नेमा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव संकर महतोले जोड दिएका छन् । मंगलवार आयोजित न्यायमा पहुच सबलिकरण कार्यक्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा द्धन्द पिडित परिवार तथा संवन्धित सरोकारवालाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागीहरुका अनुसार शहिदहरुको पहिचान भइ नसकेको, १० वर्षे जनयुद्धमा मारिएका असलि डाटा नभएको अवस्था छ । अबको यस कार्यक्रमबाट घर घरमा गइ सोध पुछ गरि सहि डाटा निकालि द्धन्द पिडितलाई आर्थिक रुपमा सवल बनाउन जस्ता सवाल खडा भएको थिए ।
कार्यक्रम निर्देशक देवराज पोखरेलका अनुसार अहिले पनि छातिमा गोलिका छर्रा लागेका व्यक्तिहरु छन् । त्यस्तालाई हामी खोजनु पर्ने अवस्था रहेका छन् । यस कार्यक्रम मार्फत सहयोगी र समावेसिताका आधारमा समुहगत प्रक्रिया अनुसार द्धन्द पिडितलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
े विशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका नगर उप प्रमुख संगिता कुमारी चौधरीका अनुसार न्यायमा पहुच त छ तर के के मा छ त्यो पहिचान भइनसकेको अवस्था छ । असल द्ध्न्द पिडितमा परेका पिडकलाई कुनै काम विशेषमा लगाउन पाए पिडा भुल्न सक्थ्यो कि मलाई जस्तो लाग्छ । नगर भित्र भएका पिडितहरुलार्इृ खोजी खोजी आगामीको दिनमा कुनै कुनै काममा लगाउने उप प्रमुख चौधरीले प्रतिवद्धता गरिन् ।
समग्र जन उत्थान केन्द्र लहान सिरहाको आयोजनामा संचालित कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष राम भरोसी महतोले गर्नु भएको थियो ।