शम्भु प्रसाद चौधरी । लहान ११ पुस । सिराहाको चोहरवामा र्यालिसहितको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाकाे मिर्चैया नगरपालिका वडा नं.०६ श्री शेर गण चोहर्वा ब्यारेक सिरहा, ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र संचालक स्वास्तिक पाठशाला मिर्चैया सिरहाको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।
श्री शेर गण चोहर्वा ब्यारेक सिरहाका सेनानी प्रवल देउला, ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाका प्र.स.नि. अमरेन्द्र कुमार राम र स्वास्तिक पाठशाला मिर्चैया सिरहाको प्र.अ. मनोज यादव तथा प्रहरी कर्मचारीहरु, शिक्षक/शिक्षिका, छात्र/छात्रा, भद्र भलादमीहरु तथा स्थानिय समुदायहरु समेतको उपस्थितिमा “राष्ट्रिय सेवा दल एण्ड NCC को पुर्व बिद्यार्थी संगठनको, NCC अल्मुनाई एशोसियसन नेपालको पाँचौ “औ’ स्थापाना दिवसको बार्षिक उत्सव ” को अवसरमा “र्याली तथा सरसफाई कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।