• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवलपरासीको हुलाकी सडक निमार्ण योजनाको काम तिव्र गतिमा चल्दै

नेपाल पोस्ट दैनिक
    December 24, 2022  मा प्रकाशित

Spread the love
      

नवलपरासी ९ पुस । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नव निर्वाचित सांसद विनोद चौधरी गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन् ।

जस अनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगर सम्मको सडक करिव १५ किलोमिटर सडक साथै बेलाटारी देखी कठहवा सम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ । सांसद चौधरीले आयोजनावारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु— नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमार्ण कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै निमार्ण योजनाको कामले द्रुत गति लिएको हो ।

लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहल पछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयो । नारायणचोकी देखी त्रिबेणी जोड्ने रानीनगर सम्मको करिव १५ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ ।

हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो । यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् ।

हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रा.लीले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो । प्रतापपुर २ गोपीगञ्जका करिव ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखी बन्न सुरुगरेपनि खासै काम हुन सकेको थिएन् हाम्रो नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेपछि खुसी व्यक्त गर्नुहुन्छ ।

दुवै योजनाहरुलाई काम तिब्र रुपमा अघि बढाउन निमार्ण कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विण्णुदेव पाण्डेले जानकारी दिनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑