शम्भु चौधरी लहान २८ मंसिर । धनुषा प्रहरीले भंसार छली ल्याएको सामान बरामद गरेको छ । आज विहान अं.०६:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा न. २३ स्थित सडक खण्डमा गस्तीमा खटि गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छली चोरी निकासी गरि ल्याई राखेको अवस्थामा अं. मुल्य रू. ३७,१००।– बराबरको किरानाका सामानहरु फेला पारी आवश्यक कार्वाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।