शम्भु चौधरी लहान २६ मंसिर। सिरहाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका सांसद रामशंकर यादव आम जनतालाई भेटघाट संगै विजयउत्सव मनाई रहेछन ।
सिरहाको धनगढीमाई न पा वडा नं १ र २ का टोल बस्तीमा र्याली सहित माननीय रामशंकर यादव र समानुपातिकका सभा सदस्य गंगा प्रसाद यादव समेतको नेतृत्वमा आम जनताको घर दैलोमा पुगेर विजउत्सव मनाएका हुन् ।
निर्वाचनको अन्तिम परिणाम घोषणा पछि लामो समयको अन्तरालमा माननीय यादव द्धय र्यालि सहित पुग्दा स्थानियहरुले फूल माला लगाएर स्वागत गरेता पनि जितको विजय जुलुस ढिलो यसरी गाउँघरमा पुग्दा आफ्ना गुनासाहरु बेलामा नसुन्ने हो कि भनी स्थानीयमा चिन्ता रहेको पाईन्छ ।