सम्वादाता १४ मंसिर । सिराहा प्रहरी द्वारा चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ०५ असनपुर दनुवार टोल स्थित ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा र मुक्ति नेपाल गोलबजार सिरहाको संयुक्त आयोजनामा मुक्ति नेपाल गोलबजार सिरहाको मनोपरामर्शकर्ता बिनिता कार्कीको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहका प्र.स.नि. शान्ति खड्का तथा प्रहरी जनशक्तिहरु, स्थानिय समुदाय, भद्रभलादमी, बुद्धिजिबिहरु समेतको उपस्थितिमा “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत “लागुऔषध दुर्व्यसन तथा अबैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको छ ।
सो कार्यक्रममा समुदायमा देखा परेको लागुऔषध दुर्व्यसनीको बढदो अवस्था, सेवनबाट मानव शरीरमा हुने असर, लक्षण र भविष्यमा पार्ने आर्थिक, मानसिक र समाजिक प्रभाव, समुदायमा अभिभावकको दायित्व तथा कानूनी प्रावधानको बारेमा समेत जानकारी गराउदै कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।