शम्भु चौधरी लहान २९ कार्तिक । सिरहा निवार्चन क्षेत्र १ का प्रतिनीधि सदस्य पदको स्वतन्त्रको उम्मेदवार सरिता गिरीले आफनो चुनावी क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेकी छिन् ।
मंसिर ४ गते हुने प्रतिनीधि सभा सदस्यको निर्वाचनको लागि तमतयारका साथ घर दैलो कार्यक्रममा लागेको उम्मेदवार गिरीले बताए ।
महिला छापबाट चुनावी मैदानमा उत्रेकी गिरी गाउँ गाउँको घर घरमा गएर जनता रिझाउदै र भोट मागदै गरेको देखिन्छ । जनता उत्साह र उमंगको कारण आफनो जीत निश्चि भएको गिरीको दावी छ ।