• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लोकसंस्कृतिको रूपमा सामा चकेवा पर्व मनाउने प्रचलन

नेपाल पोस्ट दैनिक
    November 7, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २१ कार्तिक । तराई मधेसका जिल्लाहरुमा यतिबेला सामा चकेवा पर्व मनाउने प्रचलन देखिन्छ । कार्तिक शुक्लपक्षको द्वितीया तिथिदेखि प्रारम्भ भएर पूर्णिमाको भोलिपल्टसम्म मनाउने परम्परा रहेको यो पर्वमा महिलाहरूले सामा, चकेवा, चुगला, सतभैँया, कुकुर, भमरा, वृन्दावन, नटुवा जस्ता कलात्मक स्वरूपहरूको निर्माण गरेर ती स्वरूपहरू र बलेको बत्ती डालोमा राखी राति राति गाउँटोलमा ‘ डाला ले बहार भेल बहिनो से सबको बहिनो ” बोलको गीत गाएर वृत्ताकार रूपमा बसेर सामा चकेवा खेलिन्छ ।

मुख्यतया चेलीबेटीहरुले आफ्ना दाजु भाईको दीर्घायुको कामना गर्दै रात्रीको समयमा महिला दिदी बहिनीहरुद्वारा सामूहिक रूपमा गीत गाएर रमाइलो तरिकाले खेलिने र गाइने यस गीतमा ढाकीमा सामा चकेवाको प्रतिमा राखेर दियो बाली चुग्ला लाई गाली गर्दै नौ देखि एघार दिनसम्म खेलिने लोक संस्कृति हो ।

खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइन्छ ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान कृष्णको समयदेखि नै भएको भन्ने बिश्वास गरिन्छ । यो पर्व भगवान श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । १० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ ।

११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाईन्छ । बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गर्छन् ।

सामा चकेवा पर्वको विशेष पात्र चुगलाको मुखमा १० दिनसम्म कालो पोत्ने गरिन्छ । चुगला अर्थात् कुरा लगाउने पात्र हो । आज भोलि आधुनिक गीत संगीतले यसलाई प्रभावित पारेको कारण ठाउँनुशार यसको खेल्ने तरिका भने अलग अलग रहेको पाईन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑