शम्भु चौधरी लहान १८ कार्तिक । साना किसान कृषी सहकारी संस्था लि. भभानिपुर प्रध. धनगढीमाई न पा १ सिरहा १४ औ वर्षमा प्रवेश गरेका छन् । सहकारीको १३ औ वशन्तको शुभ घरीमा एक कार्यक्रम गरेका छन् ।
लगभग ८ सयको हाराहारीमा सदस्य रहेको सहकारीले ४१ लाख लगभगको मुनाफा रहेको प्रस्तुत प्रतिवेदनबाट देखिन्छ । प्रतिवेद प्रस्तुत गर्दै संस्थाका प्रवन्धक गिता कुमारी चौधरीले भनिन आगामि दिनमा सवैको साथ र सहयोग भए अझ राम्रो कार्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको प्रमुख अतीथि धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले गर्नु भएको थियो । प्रमुख अतीथि महतोले भने आजको दिन वर्ष भरीमा कतिको कार्यक्रम भयो ,कति व्याज कमायो, कुन कार्यक्रम गरियो र आगामीको वर्षमा के के कार्य गर्ने त्यो सम्वन्धि बुझ सुझ गर्ने दिनलाई साधारण सभा भनिन्छ ।
कार्यक्रममा धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण यादव, वडा २ का वडाध्यक्ष मो. हमिद राइन, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा सकुनी देवि महतो, ठुले चौधरी लगायत ७ जना वृद्धवृद्धालाई कम्बल ओढाई सम्मान गरेको स्ंस्थाका प्रवन्धक चौधरीले बताईन् ।
मागैन महतोको अध्यक्षतामा सम्मपन्न कायक्रमलाई रामऔतार महतोले उदघोषण गरेको थियो ।