शम्भु प्रसाद चौधरी लहान ११ कार्तिंक । सिरहाको कल्याणपुर नगरपालिका वडा नं १० मा केरा लोड गरी ल्याइरहेको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा घटना स्थलमै दुई जनाको मृत्यु भएको थियो ।
बिहान ६ बजेको समयमा भोक्राहाबाट कल्याणपुर वडा नं १० प्रचिल्वातर्फ आउदै गरेको अवस्थामा गाडी अनियन्त्रित भई पल्टिदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गाडी पल्टिएको खवर स्थानियले फोन मार्फत प्रहरीलाई जानकारी गराएपछि तत्काल घटना स्थलमा पुगेका प्रहरी टोलीले जेसिपिको सहयोगमा किचिएको शवलाई बाहिर निकालेका थिए ।
मृत्यु हुनेहरुमा कल्याणपुर ११ का वर्ष ३० का चालक छेदुवा गोइत र केरा साहु वर्ष ४५ का दुखी शाह रहेका छन् भनें शवलाई पोष्ट मार्डमका लागि प्रादेशिक अस्पताल सिराहा लागिएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाले टेलिफोन मार्फत गराएका छन् ।