• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको सुखीपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 27, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान १० कार्तिक । सिरहाको सुखीपुरमा नेपाली कांग्रेस पार्टीका कार्यकर्ता भेला सम्पन्न भएको छ । ” मुस्लिम समुदायको आव्हान बाम लोकतान्त्रिक गठबन्धनमा आधारित मतदान ” भन्ने मूल नाराका साथ नेपाल मुस्लिम संघ सिराहाद्वारा सुखिपुर नगरपालिकाको लक्ष्मण सेवा सदनको सभा हलमा आयोजित कार्यक्रममा सिराहा निर्वाचन क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका चित्रलेखा यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, मुस्लिम संघका प्रतिनिधिहरू लगायत निर्वाचन क्षेत्र नं २ का आम जनताहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख अतिथि चित्रलेखा यादव, बिशिष्ट अथिति रामचन्द्र यादव अथितीहरु अमिय कुमार यादब, रामकुमार बाबा, मुक्तार अहमद, मदन सेन श्रीवास्तव , मो. सुवान लगायत नेपाली कांग्रेस पार्टीका जिल्ला नेतृत्व, क्षत्रिय प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन चित्रलेखा यादवले पानसमा दियो अर्थात् मैनबत्ती बालेर गरेका थिए । उद्दघाटन पछि कार्यक्रममा राष्ट्रिय गान गाइएको थियाे भनें लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरिएको समेत थियो । कार्यक्रमलाई औपचारिकता दिँदै मुस्लिम संघ सिरहाका सचिव सुवानले उर्दू भाषामा अथितिगणहरुलाई स्वागत भाषण गरी स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेसका प्रभशाली नेता मुक्तारले भन्नु भयो ” मुस्लिमलाई यदि मधेशी समुदायसँग जोड्ने हो भने गोरखाको मुस्लिमलाई कुन समुदायसँग जोड्ने ? त्यसैले हामीलाई मधेशी समुदायसँग जोडेर हेर्नु हुँदैन ” भन्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आसन्न निर्वाचनमा कांग्रेस नेतृ चित्र लेखा यादवलाई विजयको आधार तयार गर्नका लागि एक जुट भएर अघि बढ्ने धारणा राखेका थिए । कार्यक्रमको सुरुवातमै चित्रलेखा यादव करिब सात मिनेटको समयसम्म बोल्दै ” आफू यस क्षेत्रको छोरी, बुहारी भएको नाताले तपाईंहरूसँग अमूल्य मत माग्न तपाईहरुको घर दैलोमा आएको ” धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेता रामचन्द्र यादवले ” केन्द्रमा शेरबहादुर देउपा, प्रदेशमा कृष्ण देव यादब र जिल्ला रामचन्द्र यादवले नेतृत्व समाल्दै आएको अवस्थामा निर्धक्क भएर चुनाबी प्रचाप्रसारलाई अगाडी बढाउन जिल्लाका नेता कार्यकर्ताहरुलाई ” आग्रह गर्नु भएको थियो । बाक्लो नेता कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम दिँउसो करिब १ बजेको समयमा संचालन भएर करिब ५ बजे समापन गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑