• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भाडाको टट्टूहरु भन्दै गाली गरे, पुर्वमन्त्री श्रेष्ठ

नेपाल पोस्ट दैनिक
    October 22, 2022  मा प्रकाशित

Spread the love
      

बारा ४ कात्तिक । बारा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) मतदातालाई गाली गरेपछि पुनः विवादमा तानिएका छन् ।

प्राइम टेलिभिजनले शुक्रवार बाराको जीतपुरमा आयोजना गरेको “मंसिर ४ महासंग्राम” कार्यक्रममा मतदाताले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीलाई भाडाको टट्टू भनेपछी पूर्वमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ विवादमा तानिएका हुन् । सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा होहल्ला भएपछी श्रेष्ठले आक्रोशित हुँदै “चर्को स्वर गर्दैमा किसान श्रेष्ठ डराउछ भन्ने सोच्नु भयो ? प्रश्न सोधेपछी उत्तर दिन दिनुस न । साला भाडाको टट्टूहरु” भनेका थिए ।

श्रेष्ठले उक्त अभिव्यक्ति दिएलगत्तै सहभागीले उनको बिरोध गरेका थिए । सो विरोध भए पश्चात उनलाई निर्वाचन जित्न निकै कठिन हुने आंकलन हुन थालेको छ । मतदातालाई खुसी बनाएर भोट लिनुको सट्टा मतदाताहरुलाई नै गाली गर्नमा उत्रेपछि उनी कसरी जित्लान त ? प्रश्न खडा भएको छ । “तनँहु जिल्लाबाट बारा आएर निर्वाचन लडदै गरेका उम्मेदवारले जनताको जिज्ञासाको जवाफ दिने कि यहाँका नागरिकलाई गाली दिदै भाडाको टट्टूहरु भन्ने ?” कार्यक्रममा सहभागी रामजनम साहले प्रश्न गरे ।

यो त यस क्षेत्रका नागरिकमाथिको अपमान हो, उम्मेदवारले यसरी भन्न पाइदैन भन्दै स्थानियहरुले विरोध जनाएका थिए । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठसहित नेकपा एमालेका उम्मेदवार एकबाल मिया, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले लगायतको सहभागिता रहेको थियो ।

उम्मेदवार संगको प्रश्नोत्तर कार्यक्रममा बारा क्षेत्र नं. ४ का उल्लेखनिय मतदाताहरुको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीले उम्मेदवारलाई क्षेत्रको बिकासका लागि आगामी योजनाको विषयमा प्रश्न राख्ने क्रममा श्रेष्ठले सो शब्द प्रयोग गरेका हुन् ।

श्रेष्ठको यो पहिलो पल्ट विवादमा तानिएका होईनन्, यस भन्दा पहिला पनि गत असोज ३० गते निर्वाचन आचारसंहिता विपरीत परवानीपुरमा आफ्नो चुनावी ब्यानर मुनि फ्री भिसा फ्री टिकट भन्दै अन्तर्वार्ता राखेपछि विवादमा परेका थिए ।

म्यानपावरको प्रयोग गर्दै र आफ्नो पार्टी र पावरको दुरुपयोग गर्दै मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले श्रेष्ठलाई स्पष्टीकरण समेत सोधिसकेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑