शम्भु चौधरी लहान १ कार्तिक । नजिक आयदै गरेको चाडपर्वलाई लक्षित गरेर लहान नगरपालिकाका बजारमा अनुगमन हुने भएको छ। लहानका नगर उपप्रमुख राम चलितर महतोको संयोजकत्वमा सरोकारबालाहरु बिच बसेको बैठकले प्रत्येक महिनाको २ दिन आवश्यकता अनुसार अनुगमन हुने निर्णय गरेको हो ।
उपभोक्ता बर्गले म्याद गुजरिएका बस्तु प्रयोगमा ल्याउन नपरोस विभिन्न रोगका रसकार बन्न नपरोस् र ग्राहक बर्गले रोगबाट बचियोस् भने उद्देश्य अनुगमन सुरु गर्न लागेको उप प्रमुख महतोले बताए।
लहानका विभिन्न होटेल र किराना पसलहरूमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए। अनुगमनमा म्याद गुज्रेका वस्तु फेला पारेमा कानुनबमोजिम कार्वाही गर्ने उनले बताए ।