• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वर्णिम ईतिहास रच्दै मेयर शिवशंकर महतो

नेपाल पोस्ट दैनिक
    September 14, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २९ भदौ । भूमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीको पुर्जा वितरण गराएर मधेश प्रदेशको पहिलो स्थानिय तहको रूपमा धनगढीमाई नगरपालिकाको नाम लेखाउन सफल मेयर शिवशंकर महतो यतिबेला मधेश प्रदेशकै पहिलो मेयर बन्न सफल भएका छन् ।

धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाको सम्वन्यमा धनगढीमाई वडा नं १३ को कैलाशपुर भोर्नेनी स्थित वडा कार्यालय परिसरमा भूमि प्राप्तिको राष्ट्रिय अभियान मुल नाराका साथ आयोजित कार्यक्रममा करिब १२० भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र अर्थात् पुर्जा वितरण गरिएको थियो ।

मेयर शिवशंकर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति भूमि ब्यबस्था मन्त्री माननीय शशी श्रेष्ठ, अथितीहरुमा राष्ट्रिय भूमि आयोगका केन्द्रिय पदाधिकारीहरु, जिल्ला भूमि आयोगका पदाधिकारीहरू प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव, उपमेयर संगिता चौधरी,वडा अध्यक्षहरु अमित ठकुरी, सूर्यमान तामाङ, सरोज महतो, प्रकाश योञ्जन, सूर्यनारायण यादव, ओम् यादव, पूर्व मेयर उपमेयर लगायत नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज वनैता, गोर्खा टेलिभिजनका महेश सिंह, टि भी पत्रकार दिलीप सहनी, मनी विश्वकर्मा, रामबाबु यादव, अनुभक्त चौधरी, परीक्षार्थी पत्रकार हेम प्रसाद पासवान, स्थानिय समाजसेवी, राजनीतिकर्मी लगायतको उपस्थितिमा मन्त्री श्रेष्ठले लाल पुर्जा स्थानिय किसानलाई हस्तान्तरण गर्दै वितरणको शुभारम्भ गर्नु भएको थियो । लालपुर्जा वितरणमा धनगढीमाई नगरपालिका मधेश प्रदेशको पहिलो पुर्जा वितरण गर्ने स्थानिय तहको रूपमा नाम लेखाउनमा सफल भूमिका निभाएका मेयर महतो इतिहासको अशल पात्र बन्न सफल भएका छन् ।

आफैले टेकेको , आफैले खनजोत गरेको , आफ्नै ठडिएको घरको जग्गाको स्वामित्व आफ्नो नभएको सुकुम्बासी र भूमिहीनले मालिक बन्ने अवसर प्राप्त गरेको एतिहासिक शुखद दिन सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरण गर्ने मधेस प्रदेसमै पहिलो स्थानीय तह बन्न सफल धनगढीमाई नगरपालिकाको वडा न १३ बाट लाल पुर्जा वितरण प्रारम्भ भएको छ ।

धनगढीमाईको अन्य वडाहरुको सुकुम्बासी, भूमिहीनले र अव्यवस्थित बसोबासिहरुले पनि चाडै लालपुर्जा प्राप्त गर्ने कुरा वडा नं ९ का बौद्धिक वडा अध्यक्ष प्रकाश योञ्जनले बताउनु भएको छ ।

लाल पुर्जा वितरणको महत्वपूर्ण जनहित कार्यको प्रारम्भ देखी पुर्जा वितरण सम्मको कार्यसम्म जोडिन पुग्दा सुखद महसुस भएको वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै मेयर शिवशंकर महतोले धनगढीमाई
को १४ नम्बर वडाको जग्गाको लापुर्जा वितरणको लागि नापजाँच लगायतका कार्यहरूको अन्तिम तयारी भइरहेको अवस्था रहेको हुनाले त्यहाँका जनताको समेत समस्याको समाधान प्रति नगर गम्भीर रहेकोले थोरै प्रतिक्षाको लागि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा लालपूर्जा वितरणलाई तार्किक निष्कर्षमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेका सबैलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन नगरका तर्फबाट सञ्जय चौधरीले गर्नुभएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑