• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास

नेपाल पोस्ट दैनिक
    March 26, 2022  मा प्रकाशित

Spread the love
      

सिरहा १२ चैत । सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गरिएको हो ।

दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

जस अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ ।

यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।

यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनताको जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिए । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे ।

कार्यक्रममा मन्त्री यादव र सांसद यादवसहित प्रदेश सांसद सुरेश कुमार मण्डल, जसपा नेता रामरिझन यादव लगायतको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑