• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सभापति यादवलाई एसपी पाण्डेले गोली हान्ने प्रयास गरेको भन्दै काङ्ग्रेस कार्यकर्ताद्वारा प्रदर्शन

नेपाल पोस्ट दैनिक
    January 5, 2022  मा प्रकाशित

Spread the love
      

जनकपुरधाम २१ पुष – हरी प्रधान कार्यालयमा सरुवा भएका एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले सिरहाको जिरोमाइलमा राजमार्ग अवरुद्ध गरेका छन् ।

एसपी पाण्डेले कांग्रेसका सिरहा सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने प्रयास गरेको भन्दै कांग्रेस कार्यकर्ताले राजमार्ग २ घण्टा अवरोध गरेका हुन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारलाई भेटेर पाण्डेलाई कारबाही गर्ने आश्वासनपछि राजमार्ग संचालमा ल्याइएको छ ।
आन्दोलनमा उत्रेका कांग्रेस कार्यकर्ता सुरेन्द्र यादवले एसपी पाण्डे सोमबार राति सभापति यादवको जिरोमाइलस्थित घरमै आएर गोली हान्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘एसपी पाण्डेलाई निलम्बन गर्नुपर्छ, होइन् भने हामी कडा आन्दोलन गर्छौं ।’
सरुवा गराइदिएको निहुँमा एसपी पाण्डे राति ७/८ जना प्रहरी लिएर सभापतिको घरमै गएको उनको दाबी छ । ‘तथानाम गालीगलोज गरे । सभापति यादव तल ओर्लिनुभएन । पछि सशस्त्रका एसपी र सीडीओ साहेबले एसपी पाण्डेलाई लिएर जानुभयो ‘, उनले भने ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेलाई आफूले फर्काएको कुरामा कुनै सत्यता नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘राति म जिरोमाइल गएकै छैन ।’ उनले एसपी पाण्डेमाथि लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको र थप कुरा पछि गर्ने बताए ।

एसपी पाण्डेले आफ्नो चरित्रहत्याको प्रयास भएको प्रतिक्रिया दिए । उनले भने, ‘सभापति यादव घरको छेउछाउमा समेत गाको छैन । मविरुद्ध मनगढन्त कथा बुनिएको छ ।’

पाण्डे आज बिहानै काठमाडौं हिँडिसकेका छन्

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑