• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चाहाना अनुसारको लुगा लगाउन सक्ने भईन फूलो सदा

नेपाल पोस्ट दैनिक
    December 13, 2021  मा प्रकाशित

Spread the love
      

(एकल महिलाको संघर्ष कथा )
महेश सिंह सिरहा लहान २७ मंसिर- “ तीन चार वर्ष अगाडी मलाई एक छाक खान पनि धौ धौ पर्दथ्यो । ” मेरी छोरीहरुले खाना दिनु भनि म संग माग्दा अहिले पानी खाउ,एकछिनमा खाना पाक्छ ; भनि आशा देखाउँदै ती अवोध वालवालिकालाई काँखमा राखि सुम्सुमाउँदै खाली पेट धेरै रात विताउन बाध्य भएको ती दुखदायी क्षणहरुलाई स्मरण गर्दै, गर्भका साथ उनी बताईन ”म अहिले दूईछाक खाना खाएर पनि आफनो चाहना अनुसारको लुगा लगाउन ,र मेरी दूईटी छोरीलाई विद्यालय पठाउन सक्ने भएकी छु ।”
फूलो देवी सदायको जीवनमा यस्तो परिवर्तन करार खेतीले ल्याएको हो भनि निर्धक्कसाथ उनले वताईन।करार खेतीले ल्याएको परिवर्तन र अगामी योजना विषयमा सिरहा जिल्लाको सरोकारवालाहरु तथा स्थानीय पालिकाहरु र स्थानीय संघ संस्थाहरुको सहभागीतामा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा आयोजना गरिएको सरोकारवाला बैठकमा फूलो देवी सदायको यस्तो मनै सिरिङ्ग हुने अभिव्यक्ति आई रहँदा सवै सरोकारवालाहरुलाई एकै छिन भए पनि सोच्न बाध्य तुल्याएका थिए।

फूलो देवी सदाय त एक प्रतिनिधि पात्र मात्रै हुन।यस्तो दुःख र कष्ठकर जीवन यापनको लागी आवश्यक पर्ने आधारभूत सेवा बाट पनि बन्चित रहेका यी र यस्ता समुदायमा सकारात्मक परिवर्तन आउन सक्छ भन्ने उदाहरण बनेको छ,सिरहा जिल्लाको भगवानपुरमा ४० जना मुसहर समुदायद्धारा संचालन गरिएको करार खेती।

वि.स. २०६८ सालमा उनको श्रीमान विष्णु लाल सदाको निधन पनि विरामी भई औषधी मूलो गर्न नसकेरै भएको भनि उनको आँखा रासाउँदै भक्कानिदै सुनाईन । ” भगवानले पनि मलाई नै अन्याय गरी मेरी दूई छोरीहरुलाई टुहुरा बनई मेरो श्रीमानलाई टपक्क टिपेर लग्यो ।” यति भन्दै गर्दा उनले आँशु थाम्नै सकिन।

एक त गरिवी अर्को तर्फ परिवारको भरण पोषण र एक मात्र आशाको किरण उनको श्रीमानको निधनले फूलो देवीलाई निकै नै मर्माहत तुल्याएको थियो।आँखाको आँशु पुछदै उनले भनिन “के गर्नु मेरो जीवनमा यस्तो तुषारोपात होला भनि अलि पनि चिताएकि थिईन।जीवनमा जे जस्तो दुखः कष्ट र उतार चढाव आई परे पनि यी दूई लाला वालालाई पाल्नै पर्छ यीनीहरुकै आशमा (नजिकै बसेका दूईटी छोरीहरुलाई देखाउँदै भनिन) कष्टकर जीवन विताई रहेकी छु अव त करार खेतीबाट केही गर्न सक्छु भनि मलाई आँट पनि आएको छ।

यो समाजमा श्रीमान नभएको एकल महिलालाई बाँच्नका लागी धेरै संघर्ष गर्नुपर्छ साथै बाल बच्चालाई भरण पोषण गर्न झन संघर्ष गर्नु पर्ने कुरा बताउँछिन फुलो सदा।उनको परिवारको वसोवासको लागी स–साना छाप्राहरु जुन धेरै पुराना भएका छन् त्यही छाप्रो भित्र बस्नु पर्ने बाध्यात्मक अवस्थामा आफनो दिनाचर्या निर्बाह गर्दै आएकी छिन।

श्रीमानको निधन हुनु पूर्व उनीहरु दुवै जना ज्याला मजदूरी गर्दै एक आपसमा दुखः सुख बाँड्दै जसो तसो उनीहरुको गुजारा चलेको थियो । श्रीमानको मृत्यु पश्चात साधारण लेखपढ पनि गर्न नसक्ने ३२ वर्षीय फूलोदेवीको काँधमा ९ वर्षिय जेठी छोरी राधा र ७ वर्षिय किरण सदायको समेत लालन पालन गर्ने जिम्मेबारी थपिएको थियो।

उनी एक मात्र ज्याला मजदूरी गरी कमाई गर्ने भएकोले काम गरेको दिन खान पाईन्थ्यो नगरेको दिन एक छाक खान पनि गाह्रो हुन्थ्यो ।कृषि ज्याला मजदूरी गर्ने काम सँधै पाईँदैन र सँधै गर्न पनि सकिँदैन।एक दिन काम गरेको ज्याला (वनि) ५ के.जी. धान पाईन्थ्यो।यसैबाट खाना, लता कपडा, औषधी उपचार, अरु घरायसी व्यवहार धान्न निक्कै गाह्रो थियो । जेन तेन पेट भर्ने काम भए पनि आफनो चाहना अनुसारको लुगा लगाउन पाउनु भनेको धेरै परको कुरा थियो फूलो देवीको लागी ।

यसै क्रममा वि.स. २०७२ साल वैशाख महिना देखि केएर नेपालको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपालको सहजीकरणमा दलित महिला कृषक समूहद्धारा सिरहा जिल्लाको तत्कालीन भगवानपुर गा.वि.स. वार्ड नं. ६ र ७ मा ४ विग्हा बाँझो पर्ती जग्गा भाडामा लिई तरकारी तथा अन्नवाली उत्पादन गर्ने र सरकारलाई नीतिगत सुझाव दिंदै यसको वकालत गर्ने उदेश्यका साथ करार खेती संचालन गरिएको थियो । जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, गा.वि.स.भगवापुर, ली̵वर्ड संस्थाहरुको पनि यस कार्यक्रमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग रहेको छ ।
मुसहर समुदायका ४० घरधुरी समेटिएको यस कार्यक्रममा प्रत्येक परिवारलाई २÷२ कट्ठाको दरले जग्गा बाँड फाँड गरिएको थियो ।फूलो देवीको भागमा परेको २ कट्ठा जग्गामा उनले उन्नत किसिमले तरकारी र अन्नवाली उत्पादन गर्ने कार्य प्रारम्भ गरेकी थिईन । उनले उन्नत तरकारी र धान वाली लगाएर हाल सम्म खर्च कटाएर रु. २० हजार १ सय ६१ रुपैयाँ मात्र आम्दानी गर्न सकेकी छिन् ।
यो आम्दानी उनको जीवनको सवै भन्दा धेरे आम्दानी हो भनि उनले वताईन । उनलाई प्राप्त भएको आम्दानीबाट दूई छाक खान सक्ने , आफनो चाहना अनुसार आफना बाल बच्चाका लागि लताकपडा किन्न र बालबच्चालाई विद्यालय पढाउन शुरुवात गरेकी कुरा बताउँछिन फुलो सदा । उनको जेठी छोरी कक्षा ३ र कान्छी छोरी कक्षा २ मा नजिकैको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन ।
उनको श्रीमानको मृत्यू पछि गाउँ समाजका अवुझ व्यक्तिहरुले उनलाई हेप्ने गरेको, दुखः पर्दा सहयोग गर्ने मान्छे थोरै हुन्थ्यो । तर आज यस करारखेतीमा संलग्न भई दूई चार पैसा आर्जन गर्न सक्दा समाजको उनी प्रतिको दृष्टिकोणमा परिवर्तन आएको छन् ।उनी गाउँ समाजमा आयोजना गरिने अरु समूहहरुको बैठकहरुमा गएर आफुले गरेको काम काज र आफना कुराहरु बताउन सक्ने भएकी छिन ।
मेरो जीवनमा यति ठूलो परिवर्तन ल्याउनको लागी सहयोग गर्ने राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केएर नेपाललाई हार्दिक धन्यवाद दिन चाहेको कुरा उनले खुशि हुँदै बताईन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑