• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजिक तथा आर्थिक परिवर्तनका लागि मुसहर समुदायमा करार खेती

नेपाल पोस्ट दैनिक
    December 12, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान,२६ मंसिर – समाजिक तथा आर्थिक परिवर्तन गर्नका लागि महासंघसंग मिलेर करार खेती संचालन भएको छ। माता सवरी महिला कृषक समूह र दिना भर्दी बाबा महिला कृषक समूहमा भगवानपुर गाउँपालिकाको साझेदारीमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालको सहयोगमा संचालित सामथ्र्य परियोजना अन्र्तगत करार खेती संचालन तथा समूह व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रमको सभाध्यक्ष पालिका महासंघ अध्यक्ष रामचन्द्र यादव,प्रमुख अतिथी हरिनारायण यादव,अतिथी भगवानपुर गाउँपालिका वडा नः३ स्वास्थय शाखा प्रमुख रामेश्वर प्रसाद यादव,लघुधम शाखा प्रतिनिधि रिना कुमारी सिँह,वडा महासंघ कोषाध्यक्ष जागरनाथ यादव र वडा सचिव राजेन्द्र प्रसाद यादव बस्नु भएको थियो ।

जगरनाथ यादवः करार खेती संचालनको लागि ५ जना कृषकहरुले मिलेर हामी जग्गा दिएका छौँ । जग्गा हाल सम्म ७६ कठ्ठा भएईसकेको छ ।अरु जग्गा खोज्ने क्रम्म जारी नै रहेको छ । मरिक टोलका ५० घरधुरी सदाय परिवारलाई कारार खेतीमा आवद्ध हुने गरी यो काम संचालन गर्नुपर्छ ।

स्वास्थ्य शाखा प्रमुख रामेश्वर प्रसाद यादवः भगवानपुर गाउँपालिका वडा नः १ मा ४० सदाय घर परिवार पहिले मेरो टोल गाउँघरमा तरकारी किन्न वहाँहरु आउनु हुन्थ्यो । जन बुनी गर्न आउने गरेको थियो ।अहिले यी सदाय परिवारहरुको गाउँमा हामीहरु तरकारी किन्न जानु परेको छ ।

यो खुशीको कुरा हो। यसरी नै मरिक टोल सदाय परिवारले पनि मेहनत,धन मन लागाएर खेती गरे अनुसार फलपाउने हुने छ । त्यसले सबै जना कडाईका साथ कडा मेहनत गर्नुपर्ने अति आवश्यक देखिएको छ।लघुउम शाखा प्रतिनिधि रिना कुमारी सिँहः सिरहा हामीले बगर खेती संचालन गर्दा बाढीले गरेर सफल हुन सकेन।भगवानपुर गाउँपालिकामा भएको करार खेती सफल भएको छ ।

यसबाट प्रत्यक्ष लाभ हुदो रहेछ । म पनि लघु उधम कार्यक्रम अन्र्तगत तरकारीका वीउहरु सहयोग गर्नेल छु । सिलाई कटाईका कामहरु यस समूहका २५ जना महिलाहरुबाट शुरुवात गर्ने प्रतिवाद्धता जनाउँद छु । सहाभागी छनौटको लागि म समूहको अध्यक्षसंग आज भोली नै सम्र्पक गरी काम अगाडी बढाउँ छु।

वडा सचिव राजेन्द्र प्रसाद यादवः करार खेती लालपुर टोलको सदाय परिवार पनि भएको छ। त्यहाँ राम्रो परिवर्तन तर्फ सदाय परिवार अगाडी बढदै छ । पानी जम्ने जमिन तर्फ पोखरी खनाउँदा राम्रो हुने थियो होला। यसले वास्तवमा भन्ने हा भने अरु कार्यक्रम भन्दा यो कार्यक्रम ठोस,लाभदायिक,गाउँपालिकाको लागेको रकम खेर गएको छैन ।

यसले सिमान्तकृत समुदायको घरपरिवारमा खुशि छायएको छ । रोड,निर्माणका,नाला,कुवा,कृषि सडक भन्दा तत्काल र दिागो सम्म फल दिने कार्यक्रम हो र फल दिएको प्रमाणित भएको छ । यसलाई निरन्तरता दिन पर्छ । यो कार्यक्रम जुनै गाउँपालिका तथा नगरपालिकाले कृषि ऐन निर्माण गरी करार खेतीको कार्य विधि मार्फत संचालन गर्न सकिदो रहेछ ।

वडा अध्यक्ष हरिनारायण यादवः करार खेती संचालनको मैले धेरै नै प्रयास गर्दै आएको छु । आभेनगरमा २१ जनालाई करार खेतीमा आवद्ध गराई समाजिक तथा आर्थिक परिवर्तन तर्फ लमकिदै छ । उनीहरुको घरमा १२ महिना तरकारीको खानको लागि कमि छैन । धान तथा अन्य तरकारी बालीहरु पाउन सकेको छ । खेतीले राम समुदाय लागाएत अरु समुदायमा पनि रौनक बढदै गएको छ । अब मरिक टोलका सदाय घरपरिवार धेरै नै पछाडी परकोले यो टोलमा पनि करार खेती संचालन गर्न लागेका छौँ । सदाय परिवारको जिवनमा समाजिक उथान तथा आर्थिक परिवर्तन गर्ने उदेश्यले करार खेती शुरुवात पालिकाको साझेदारी गर्न लागेका छौँ ।

सभाध्यक्ष राम चन्द्र यादवः भगवानपुर गाउँपालिकासंग मिलेर राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालको सहयोगमा र ली वर्डको प्राविधि ज्ञानले आज ४ ठाउँमा करार खेती विस्तार गर्न सकेका छौँ । आर्थिक बर्ष २०७०÷२०७१ साल देखी करार खेती शुरु गर्दै आएका छौँ । आज करार खेतीका प्रगतिले सदाय तथा राम समुदायमा पोषण आहार खाने थालेका छ । बालबच्चाको शारिरिक तथा मानसिक अवस्थामा सुधार हुन थालेको छ । करारमा लिएका खेतको उर्वराशक्ति र खेतको भौतिक अवसथामा सुधार भएको छ । भगवानपुर वडा नः १ को जमिनमा पहिले बन्जर,देहात खडेरी पर्ने,सुखा भईरहने जमिन थियो । आजको समयमा त्यो जमिनमा अहिले माटोको उमार शक्तिमा बढदै गएको छ । खेतको रौनकमा परिवर्तन भएको देख्न्छि । जग्गा धनी जग्गा भाडा बपात रकम पाएको छ । जग्गाको हैसियत बढदैको गएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑