लहान सिरहा २५ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातो बजारबाट लेखक तथा पत्रकार राजेश विद्रोहीको स.५ प ५५५ नम्बरको १६० को TVS कम्पनीको मोटरसाइकल चोरी भएको छ । फेला पार्नेहरुले नजिकैको प्रहरी कार्यालय वा सम्बन्धि व्यक्तिलाई ९८०१६००५५६ मा सिधै सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ । खुल्ला सिमानाका कारण यतिबेला मोटरसाइकल चोरीपैठारी बढेको छ । छठ पर्वको दिन राति पातो बजारमा मोटरसाइकल पार्किङ गरी राखेको स्थानबाट चोरी भएको विद्रोहीसँग बस्दै आएको श्यामसुन्दर रामले जानकारी दिनुभएको छ । उनले भने, ´बाईक ज्वाईंले लगेको थियो । पार्किङ गरेको स्थानबाट चोरी भएको छ । स्थानीय प्रहरीलाई पनि जानकारी गराई सकेको छु । भारतीय सिमा नजिकै रहेकाले सिमा सुरक्षा फितलोको कारण मोटरसाइकल पारी क्रस हुन सक्ने सम्भावना समेत रहेको बताए ।`