मनोरञ्जन · सामाज

भ्रष्टाचार (कविता)-सोनम मिश्र

लहान  – मान्छेलाई मान्छे देखि विश्वास हराएको छ। आपसी सम्बन्धबाट प्रेम गुमाएको छ।

वैचारिक अन्धकार जताततै फैलिएको छ। किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार… भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

भ्रष्टाचारको माहामारी फैलिएको छ। घुस लिने र दिनेको बिमारी फैलिएको छ।

नेताहरुले गर्दै छन अत्याचार किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार… भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

जस्तो कि सत्यको आधार हराएको छ। लूट र झुठको जाल बुनिएको छ। मेहनत गर्नेको हुदैछ हाल-बेहाल।

किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार… भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

गरिब जनताको खुन चुसिएको छ। सारा जनता ठगिमा ठगिएको छ। भ्रष्टाचारी आफ्नो घर भर्दै छ। किनकी मानिसले सिकेको छ एउटा नयाँ विचार भ्रष्टाचार… भ्रष्टाचार…भ्रष्टाचार…चारैतिर छ भ्रष्टाचार॥

सोनम मिश्र