सप्तरी ५ असोज । सप्तरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । खडक नगरपालिका तथा महादेवा र तिलाठी-कोइलाडी गाउँपालिकामा एक/एक जनाको डुबर मृत्यु भएको हो ।
खडक नगरपालिका-८ मुसहरिनयाँमा तीन वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय राजेशकुमार चौधरीकी छोरी एलिजाकुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबिरहेको अवस्थामा उनलाई काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
