महेश सिंह सिरहा लहान ६ भदौ – सिरहाको नबराजपुर गाउँपालीका ३मझौरा गाउँमा एनसेल सेवा ग्राहि मार्मा परेका छन। पालिका भित्र करिब ९०% प्रतिशत ब्यक्तीले एनसेल मोबाइलको सेवा लिदै आएका छन् ।
एनसेल सेवा प्राबित हुँदा उपभोक्तहरु नेपाल टेलिकमको सेवा लिन अर्थात NTC को सिमकाड खरिद गर्न लागेका हुन् । एनसेल सेवामा पल्केका उपभोक्तले NTC को सिमकाड खरिद गर्न लागेका हुन् ।
करिब१६ बर्ष देखि एनसेल मोबाइलको सेवा प्रदान गर्दै आएका स्थानीयले Ncell मोबाइलको सेवा कमजोर हुँदै जादाँ सेवा ग्राहिले हरेस खाएर अर्को विकल्प खोज्न लागेका हुन् ।
Ncell मोबाइलको उदासीनताको कारण गाउँपालीकामा सेवा ग्राही मर्कामा परेका छन्।छिमेकी मुलुक भारतको बोडर नजिकै रहेकोले एनसेल कम्पनीको उदासीनता देखाएकै कारण स्थानीयले अर्को विकल्प रोजेका छन्।
एनसेल सेवामा देखिको खराबीको कारण उपभोक्तलाई सास्ती खेप्नुपरेको हो।सेवा प्रभावित हुँदा उपभोक्तहरुले दु:ख व्यक्त गरेका छन्।
स्थानीय सेवा ग्राहिले एनसेवा लिन त्राहिमान रहेको छ। स्थानीय सेवा ग्राहिले उक्त मझौरा गाउँमा टावरको अपेक्षा गरेको छ स्थानीय दर्जनौं सेवा ग्राहीको माग रहेको छ।
