प्रदेश २ · मुख्य समाचार · समाचार · स्वास्थ्य

उपमेयर चौधरीको निधन : शोकमा भोलि सप्तरीका १८ वटै स्थानीय तह बन्द

राम नारायण यादव सप्तरी ४ जेष्ठ । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका १८ वटै स्थानीय तह भोलि (बुधबार) बन्द गरिने भएको छ ।

उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्ला भरिका सबै स्थानीय तहका शाखा÷उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।

पालिका प्रमुखहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।