प्रदेश २ · मुख्य समाचार · समाचार · स्वास्थ्य

स्मृति दिवसमा निःशूल्क स्वास्थ्य परिक्षण

सिरहा,१४ चैत्र – नेपाली काँग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले एउटा स्वस्थ्य व्यक्तिले मात्र परिवर्तनको शिखर चढ्न सक्ने बताएकी छन् । स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा चन्द्र नारायण यादव मेमोरियल ट्रष्ट सिरहाले हप्ता व्यापी निःशूल्क स्वास्थ्य परिक्षण कार्यक्रमको समापन समारोहमा त्यस्तो कुरा बताइन् ।

नेपाली जनताको सुखी र खुशीका लागि निरन्तर रुपमा काम गर्दै जीवन व्यतीत गरेर स्वर्गीय भएका नेपाली राजनीतिकका शिखर पुरुष क्रान्ति एवम् शान्ति सम्झौताका महानायक नेपाली काँग्रेसका पूर्व सभापति कोइरालाको स्मृति दिवसमा जनताकै स्वास्थ्य र शान्तिका लागि स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको उनले प्रष्ट पारिन् ।

रोगले कमोजर देखिएका व्यक्तिलाई अरुको सहरा चाहिने भएकाले उनले आफ्ना र समाजका लागि परिवर्तनमुखी काम गर्न नसक्ने दाबी गर्दै उनले स्वास्थ्यमा विषेश ध्यान दिन सबैसँग आग्रह गरिन् । तराई मधेश र खास गरेर सिरहा जिल्लामा सचेतनाको कमीले हुँदै आएको लापरवाहीका कारण उर्जाशिल महिलाहरु विभिन्न रोगले कष्टपूर्ण जीवन काट्दै भएको उनले दाबी गरिन् ।

जुन सेवाभावले कोइरालाले देश र जनताको हितमा काम गरियो त्यही भाव मानवमा जागृत होस भन्ने अभिप्रायका साथ स्मृति दिवसमा देशको विभिन्न भागमा यस्ता कार्यक्रमहरु आयोजना भएको उनले प्रष्ट गरिन्।कोराइला जस्तो सेवाभाव र सोचका साथ केही व्यक्ति अघि बढ्ने हो भने देशका धेरै जसो समस्या समाधान हुने उनले विश्वास व्यक्त गरिन् ।
सेवा नै पर्मो धर्म हो ।

डा. यादव मेमोरिय मेटर्नीटी अस्पताल माडर सिरहाका डाइरेक्टर डा.सुभाषचन्द्र यादवले “सेवा नै पर्मो धर्म हो” भन्दै मानव सेवा भन्दो ठुलो धर्म केही नभएको बताए । कसैको सहयोग, सोच र आशमा नभई निस्वार्थ सेवा भावले स्मृति दिवसको अवसरमा हप्ता व्यापी निःशूल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट पारे ।

अस्पताल स्थापना भए देखि अरु डाक्टर वाहेक आफुले बिरामीलाई निःशूल्क रुपमै सेवा दिँदै आएको थप्दै उनले भने,‘जाँचका लागि यहाँ आउनलेलाई आफुबाट हुने सहयोग गर्नुका साथै अरु डाक्टर र ल्याव सेवामा विषेश छुट दिदैँ आएको छु ।’ सबै खाले बिरामीलाई निःशूल्क सेवा दिने इच्छा छ तर त्यस अनुसार अस्पतालको सम्पन्नता छैन,’उनले भने,‘अस्पतालको सम्पन्नता अनुसार निस्वार्थ सेवा भावले छुट र सुविधाको विस्तार गरिने छन् ।’ उनका अनुसार ०७७ चैत्र ७ देखि ०७७ चैत्र १३ सम्म दश देखि दुई बजेम्म दैनिक रुपमा स्वास्थ्य परिक्षण गरिएको छ ।

हप्ताभरीमा ५ सय ३७ जनाले स्वास्थ्य परिक्षण गरायो । स्वास्थ्य परिक्षण गराउन आउनेलाई डाक्टरको सल्लाह अनुसार ल्याव सेवासँगै औषधी पनि निःशूल्क रुपमा प्रदान गरिएको अस्पतालका डाइरेक्टर डा.सुभाषचन्द्रले प्रष्ट पारे । ‘यो कार्यक्रममा कसैको सहयोग छैन् । ट्रष्टले आफ्नो आयोजनामा यो कार्यक्रम गरेको छ ।’ सेवाभावले काम गरेका अस्पतालमा कार्यरत डाक्टरहरु इन्दु यादव र संजिव कुमार यादव, तथा शिविरमा काम गर्ने सबैलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।