शम्भु चौधरी लहान १० चैत्र । सिरहाको वरियारपट्टि गाँउपालिकामा वारुणयण्त्रको एकदमै आवश्यकता रहेको वडा नं. ३ का वडा अध्यक्ष अन्नतलाल यादवले पत्रकार भेटघाटमा बताए ।
चैत्त बैशाख जस्तो खरमासको समयमा आगलागीको विपद बढी हुने सम्भावना देखिन्छ यस्ता किसिमका विपद आइपरयो भने आगलागी समाधान गर्न पालिका स्तरमा वारुणयण्त्र नभएको र वारुणयण्त्र सिरहा, लहान र राजविराजबाट मगाउनु पर्ने बाध्यता रहेको छ । भारतीय सिमासंग जोडिएका पालिका भएकोले लाहान र सिरहाबाट वारुणयण्त्र आउदा सम्म कतिको घर जलेर सखाप भैसकेको बितेका आगामी दिनमा हामी देखेका छाँै ।

पालिका स्तरको बैठकबाट निर्णय भईसके तापनी वारुणयण्त्रको लागि बजेट नछुट्याएको अवस्था छ । गाँउपालिका अध्यक्ष सन्तोष कुमार महतो मात्रै होइन पालिका स्तरका सवै जनप्रतिनिधिहरु यस विषयमा साकारात्मक रहेको वडा अध्यक्ष यादबले बताए ।
प्रत्येक पालिकामा वारुणयण्त्र र एम्वुलेन्स जस्ता अति आवस्यक सवारी हुनै पर्नेमा जोड दिदै वडाध्यक्ष यादबले भने आगामी बजेट बिनियोजन गर्दा यसका लागि भिन्न किसिमबाट वजेट छुट्याउने वडाध्यक्ष यादबको जिकिर रहयो ।
