अर्थ ब्यापार · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिजनेस · बैँक / वित्त · समाचार

आत्मनिर्भरको १४ औँ वार्षिक साधारणसभाको पाँचौँ क्लस्टर सम्पन्न

शम्भु चौधरी लहान १३ मंसिर । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि, धनगढीमाई नगरपालिका–२, भवानीपुरको १४ औँ वार्षिक साधारणसभाको पाँचौँ क्लस्टर आइृतबार सम्पन्न भएको छ।

सहकारीको बर्ष भरीमा भए गरेको कारोबारको पार्दशिता हेतु साधारण गरीएको आयोजक संस्थाका अध्यक्ष भगवानीलाल चैधरीले बताए ।

श्री जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरको प्राङ्गणमा सम्पन्न सभामा धनगढीमाई नगरपालिका–२ अन्तर्गत धनगाडा, वेतहा, भवानीपुर चौक लगायत कुर्वा र हनुमाननगर क्षेत्रका शेयर सदस्यहरूको उल्लेखनिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिका–२ का वडा अध्यक्ष मो. हमिद मियाँ रहेको थियो । प्रमुख अतिथि मियाँका अनुसार ग्रामीण स्तरमा बिना धितो व्यवसायिक प्रयोजनका लागि ऋण लगानी गर्नुका साथै सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्न प्रोत्साहित गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो। उहाँले संस्थाले ग्रामीण समुदायको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

बचत तथा ऋणको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नुका साथै सामाजिक एकता र समग्र विकासमा संस्थाले सहयोग पुर्‍याउँदै आउनुका साथै संस्थाप्रति सदस्यहरूको विश्वास र सहकार्य निरन्तर कायम राख्न संस्थाका उपाध्यक्ष सुजित कुमार चौधरीले आग्रह गरेका थिए ।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष इन्द्रदेव चौधरीले आर्थिक प्रतिवेदन, कार्यक्रम प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदन तथा योजनाहरू सभाबाट पारित गरिएको थियो।

सदस्यहरूको उल्लेख्य सहभागिता, आपसी छलफल तथा सहकार्यका साथ सम्पन्न पाँचौँ क्लस्टरको साधारणसभाले संस्थाको भावी योजना तथा गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

संस्था का अध्यक्ष भगवानी लाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सभामा लेखा संयोजक दिपेश कुमार चौधरी, संस्थापक सदस्य शम्भु प्रसाद चौधरी, सञ्चालक समिति सदस्य समत लाल चौधरी लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगति, आर्थिक अनुशासन, सदस्यहरूको सक्रिय सहभागिता तथा सहकारीको दिगो विकासका लागि शुभकामना व्यक्त गर्नुभयो।