उर्मिला यादव चैत १ नवलपरासी। पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा बिग बुद्ध युवाक्लब बिजयी भएको छ । आज दिउसो भएको बिग बुद्ध युवा क्लब र बर्म भैरव युवा क्लब विचको खेलमा बिग बुद्ध युवा क्लब ३ गोल अन्तरले बिजयी भएको हो । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेपछि बिग बुद्ध युवा क्लबले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।
सम्बन्धित खबर
आत्मनिर्भरको १४ औँ वार्षिक साधारणसभाको पाँचौँ क्लस्टर सम्पन्न
लहान नगरपालिकाको मेयर पदमा परमेश्वर साहद्वारा उम्मेदवारी घोषणा
लहान नगरपालिका ५ मा एकदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन
सिरहा नेपाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत रूपमा सन्तोष कुमार चौधरी चयन
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
