रोहित कुमार मण्डल लहान, २६ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा स्थित रहेको खेल मैदान भएको पहिलो चरणको सेमी फाइनल चरणको खेलमा सुरुङ्गा नगरपालिका– ७ हरिपुर डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोलाई पराजित गर्दै आयोजक टिम रोयल युवा क्रिकेट क्लब कुशहा फाइनलमा प्रवेश गरेका छन् ।
निर्धारित २० ओभरको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोल पोखरीयाले १९ ओभरमा आफना सम्मपूर्ण विकेट गुमाउदै रोयल युवा क्रिकेट क्लब कुशहामा सामु १ सय ३० रनको चुनौति प्रस्तुत गरेका थिए । प्रतिउतरमा १सय ३१ रनको लक्ष्य लिई मैदानमा उत्रिएका रोयल युवा क्रिकेट क्लब कुशहाले १९ खेल्दै ८ विकेट गुमाएर आफना लक्ष्य पुरा गरेका थिए ।
रोयल युवा क्रिकेट क्लब कुशहा सप्तरीको अयोजनामा संचालित क्रिकेट म्याचमा सिरहा तथा सप्तरीको १६ वटा क्रिकेट टिमहरु सहभगी भएका छन् । खेलको उदघाट्न सुरुङ्गा नगरपालिकाको नगर प्रमुख मुतिmनाथ चौधरीले गरेका थिए । खेलको प्रथम तथा दृतिय पुरसकार स्थानिय समाज सेवी मोहम्द साबिर हुसेनले प्रथम पुरस्कार रु. ५१ ह्जार तथा द्धितिय पुरस्कार रु.३१ ह्जार प्रदान गरी सहयोग गरेका छन् ।
