सामाज

दलित बस्तीमा सामुदायिक दलानको शिलान्यास

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २५ गते मंगलबार। जनता समाजवादी पार्टी ( जसपा) नेपालका सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले दलित बस्तीमा सामुदायिक दलानको विशेष पुजापाठ गरि शिलान्यास गरेका हुन। हिजो सोमबार उक्त शिलान्यास सम्पन्न भएको हो । नवराजपुर गाउँपालिका वडा नम्बर ४ नवराजपुर गाउँ दलित टोलमा यादवले शिलान्यास गरेका हुन । अहिले दलित बस्तीमा खुसीको लहर देख्नुका साथै छुट्टै रौनक देखिएको छ। बस्तीबासीले यादवलाई धन्यवाद दिइएका छन। अब गाउँको मुहार फेरिने बस्ती बासीको भनाई रहेको छ।