शम्भु चौधरी लहान २४ फाल्गुन । आजैको दिन नारीहरुको बोल्ने दिन हो । १११ औं नारी दिवसको आवसरमा आज लहान १ मटिअर्वा लोटस युनिक एकेडमीले आयोजना गरेको कार्यक्रममा लहान नगर पालिका उप प्रमुख सरीयार चौधरीले बताएकी छिन ।

वहाँ प्रमुख अतिथिको आसवबाट थप बोल्दै भनु भयो अन्तराष्ट्रिय स्तरमा महिलाहरुले अवाज उठाएकै कारण आज महिलाहरु आति सम्मको अधिकार प्राप्त गरेको छ । त्यसैले आफनो अधिकारको अवाज उठाउन कहिले पछि नपर्नुमा जोड दिएका थिए । साथै बालबालिकालाई सुधार्नको लागी अभिभावकको एकदमै महत्वपुर्ण भूमिका हुन्छ, प्रत्येक अभिभावकले आफना बालबालिकालाई निगरानी गर्नु पर्नेमा समेत जोड दिएको थिए ।

यस वर्षको नारी दिवसको नारा समानताको पुस्ताः अन्त्य गारौं हिंसा विभेद र असमानता भने रहको थियो ।
दिवसकै अवस पारी एकेडमीले विधालय फस्ट यु के जी मा अध्यरत शिशिर चौधरीलाई समान गर्नुका साथै स्कुल भरीकै उत्कृत विधार्थीहरुलाई समान तथा पुरस्कार पनि वितरण गरिएको थिायो ।
कार्यक्रममा विधालयका सम्पुर्ण विधार्थी, शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थिती रहको थियो । कार्यक्रम बिच विधालयका प्रध्यानध्यापक लक्ष्मण चौधरीले उपस्थित सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरी स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता विधालयका फन्डर राम कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अतिथीहरुलाई स्वागत मन्तव्यबाट विधालयका प्र अ लक्ष्मण चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको उदघोषण विधालयका शिक्षक सन्तोष चौधरीले गर्नु भएको विधालयका प्र अ चौधरीले जानकारी दिनु भयो ।