समाचार

जनमत पार्टी सिरहामा प्रथम वडा अधिवेशन सम्पन्न

विसुन देव सरदार सिरहा / फाल्गुन २३ गते। जनमत पार्टी सिरहा नगरपालिका वडा नम्बर ८ को दास टोलको सामुदायिक भवनमा हिजो फाल्गुन २२ गतेका दिन प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ।

घनश्याम साहको अध्यक्षतामा उक्त अधिवेशन भएका थियो भने युवा नेता रामबाबु दासको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ।

कार्यक्रममा अधिवेशन परिक्षणको रुपमा अौरही गाउँपालिका विद्यार्थी नेता रामअधिन पासवान , जनमत पार्टीका सिरहा नगर उपप्रमुख सुरेन्द्र प्रसाद यादव , मिर्चैया नगर प्रमुख पटवारी ठाकुर , सिरहा वडा न. १० संयोजक अरुण यादव लगायतका नेताहरुको उपस्थिति रहेका थिए। सबै नवनिर्वाचित पदाधिकारीलाई धन्यवाद , बधाई तथा शुभकामना दिइएको थियोे ।