विसुन देव सरदार सिरहा लहान , फाल्गुन २२गते नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीया पर्साको आयोजनामा हिजो फाल्गुन २१ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि नगरपालिका प्रमुख दिपनारायण रौनियार , पत्रकार धर्मेन्द्र चौरसीया , नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति भगवान प्रसाद कुर्मी विशेष अतिथ्वमा सम्पन्न भएको छ। सो सँगै अतिथि पुर्व सांसद रामेश्वर रौनियार , नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्था शाखा प्रमुख पंकज कुमार यादव , धिरेन्द्र कुमार यादव , रेडक्रस सल्लाहकार कृष्ण चौधरी , कृष्ण पंडित , डा.मो.वकिल मिया , वद्री प्रसाद रौनियार , विन्दा चौधरी लगायतकाको उक्त कार्यक्रममा सहभागीता रहेको थियोे ।
प्रायोजक संस्था नेशनल माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया , पर्सा रहेका थियो । उक्त कार्यक्रममा जम्मा ५०० जनाको सहभागीता रहेकोमा ९४ जनाले रक्तदान गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्थाका शाखा प्रमुख पंकज कुमार यादवले बताए ।
सहयोगी संस्थाहरु ;इलाका प्रहरी कार्यालय पोखरिया , शसशस्त्र प्रहरी वेस क्याम्प , पोखरिया, आकाश गंगा एफ .एम , पोखरिया एफ.एम रहेका थिए।