• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको मल्हनियाँमा सरस्वती डेरी उधोग संचालनमा, सर्वसधारण अन्यत्र जाने घन्घटबाट मुतm

नेपाल पोस्ट दैनिक
    February 16, 2021  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्ढल सप्तरी, (मल्हनिया) ४ फागुन । सप्तरी दक्षिण सिमावर्ती क्षेत्रमा रहेको बलान बिहुलमा माँ सरस्वती डेरी उधोग तथा कृष्णा बहुउदेश्य सहकारी संस्था लि. संचालन भएको छ । बलान बिहुल गाँउ पालिका –१ स्थित मिलन चौकमा जिल्लाकै नमुना डेरीको रुपमा संञ्चालनमा आएको हो ।

स्थानीय किसान तथा समाजसेवी कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी एक कार्यक्रम बिच सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाट्न गरेका हुन् । वडा अध्यक्ष यादवले उदघाट्न समारोहलाई सम्बोधन गर्दै भने – समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवर्द्धन कार्यक्रमका लागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा गरेका छन साथै गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

किसानको मेहनतले उत्पादन भएको दूध बिचौलियामार्फत नभई सोझै उपभोक्तामाझ पुर्याउने उद्देश्यले सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा बोल्दै जसपाका नेता रामेश्वर यादवले किसानको उत्पादन सिधै उपभोक्ताको पहुँचमा पुग्दा दुवै पक्षलाई फाईदा हुने बताए । ‘उपभोक्ताको सन्तुष्टि गुणस्तरीय सेवाले मात्रै सम्भव छ,‘बिचौलियाले लिने लाभलाई तोड्न यस्ता उद्योगहरुको भूमिका महत्वपूर्ण हुन्छ’ यादवले भने । उत्पादन गर्ने किसानको अवस्था समान्य हुदाँ विचौलियाले उपभोक्तालाई बेचेर मनग्य कमाउने गरेको अवस्थामा उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने नेकपाका युवा नेता एवं बलान बिहुल गाउँ पालिका अध्यक्षका प्रत्यासी अशोक यादवको भनाई छ ।

नेता यादवले डेरी संचालकलाई बधाई दिदै आउने दिनमा अझ उत्तरोत्तर प्रगतिको शुभकामना दिए । सोही अवसरमा जसपाका अर्का नेता तथा उद्घाटन समारोह कार्यक्रमका संचालक समेत रहेका दिगम्बर यादवले लकडाउनसँगै निजी उद्योगले दुग्ध खरिद गर्न बन्द गरेपछि सडकमा दूध पोख्नेसम्मको गतिविधिलाई निरुत्साहित गर्न किसानले आफ्नो बिक्री केन्द्र सञ्चालन गर्दा स्थानीयलाई समेत सहज हुने बताए । यादवले उपभोक्तालाई गुणस्तरीय सेवा दिन नसक्ने कुनैपनि किसिमका उद्योगको आयू छोटो हुने बताएका थिए ।

भु.पु गाविस अध्यक्ष अरुण कुमार गोईतले बजारमा अस्वस्थ प्रतिस्पर्धा, प्रशोधित र अप्रशोधित उत्पादनलाई उस्तैउस्तै ठान्ने उपभोक्ताको चेतना, औद्योगिक परिवेशको अभाव, जुन मौसममा बढी उत्पादन हुन्छ त्यही समयमा खपत कम हुने तर जब उत्पादन र सङ्कलन कम हुन्छ तब बजारमा माग धेरै हुने, निरन्तर गुणस्तर कायम गर्न स्रोत, राखरखाव, ओसारपसार र प्रशोधनको सही व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्ने सुझाएका थिए ।

कार्यक्रममा उद्घोषक दिगम्बर यादव, रामेश्वर यादव, पुर्व जिल्ला शिक्षा अधिकारी गङ्गाराम यादव, भुतपुर्व गाविस अध्यक्ष अरुण कुमार गोईत अखिल नेपाल किसान महासंघ गापा का संयोजक नेकपा नेता एवं गापा अध्यक्षका प्रत्यासी अशोक यादव, युवा नेता राम नारायण यादव (अगिन्धर), नेता दुखी यादव, समाजसेवी रामप्रकाश भदिसवार, कारी चौधरी, महिन्द्र यादव, जुरीलाल मरिक, रामबोध यादव, रामप्रसाद चौधरी लगायत दर्जनौं नेताकार्यकर्ता तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑